सुसेलीको मासिक कार्यक्रम सम्पन्न
६, मंसिर, झापा .आज सुसेली साहित्यिक परिवार, मेचीनगरको आयोजनामा, काँकरभिट्टामा एक साहित्यिक कार्यक्रम सम्पन्न भएको छ । सुसेलीका अध्यक्ष पुण्यप्रसाद खरेलको अध्यक्षतामा सम्पन्न भएको सो कविगोष्ठीमा कार्यक्रममा कविहरु डिपि शर्मा, मोक्ष खतिवडा, मोहन पाठक, तोयालाल दाहाल, सिसा चौधरी (थारु), नमुना निरौला दाहाल, दमयन्ती गिरी, कनक कार्की, मदन अधिकारी, पुण्यप्रसाद खरेल, ज्ञानेन्द्र ढुङ्गाना, भूवन सुब्बासमेतले कविता वाचन गर्नुभएको थियो भने स्रष्टा कल्पना ओलीले समय सान्दर्भिक निबन्ध वाचन गरेर सुनाउनुभएको थियो ।

अध्यक्ष पुण्यप्रसाद खरेलले अन्तिममा उपस्थित सबैप्रति आभार व्यक्त गर्दै कार्यक्रम समापन गर्नुभयो । सुसेलीले हरेक महिनाको अन्तिम शनिबार यस्तै कार्यक्रम सम्पन्न गर्दै आएको छ .