स्रष्टा पदयात्रा नेपालको १००अौं शृङ्खला सम्पन्न
स्रष्टा पदयात्रा नेपालको १००अौं शृङ्खला शनिबार शनिमन्दिर शाण्डिल्यग्राम,काँक्राबारी,भक्तपुरमा विभिन्न कार्यक्रमहरूका साथ सम्पन्न भएको छ ।
प्रसाईं ट्रष्ट कल्याणकारी कोषको आतिथ्यमा आयोजित यो कार्यक्रमको अध्यक्षता स्रष्टा पदयात्रा नेपालका अध्यक्ष शीतल गिरिले गर्नुभयो भने मुख्य आमन्त्रित नेपाल प्रज्ञाप्रतिष्ठानका सचिव डा.धनप्रसाद सुवेद रहनुभयो । विशेष आमन्त्रितमा,प्रसाईं ट्रष्ट कल्याणकारी कोषका अध्यक्ष पुष्करराज प्रसाईं,सूर्यविनायक न पा वडा नं ९ का अध्यक्ष भगवान् खत्री, डा. कल्पना लुइँटेल,डा.भक्त राई,डा सावित्री श्रेष्ठ,ट्रष्टका महासचिव घनश्याम प्रसाईं हुनुहुन्थ्यो । सहजकर्ता शारदा पराजुली हुनुहुन्थ्यो ।
यो सभामा स्रष्टा पदयात्राको स्थापनादेखि हालसम्मका अनुभव,कमीकमजोरी,प्राप्तिहरू र आगामी कार्यदिशा आदिका बारेमा प्रकाश पारिनुका साथै प्रसाईं ट्रष्टको परिचय,पदयात्री स्रष्टा तथा सहयोगी व्यक्तिको सम्मान, स्रष्टा पदयात्राको प्रकाशन "बाईस पाइला "को विमोचन पनि गरिएको थियोे र नियमित झैं रचनाहरू पनि प्रस्तुत गरिएको थियोे ।
विमोचित पुस्तकमाथि परशुराम पराशरले संक्षिप्त समीक्षा गर्नुभएको थियोे । ट्रष्टका महासचिव घनश्याम प्रसाईंले यो ट्रष्टको शुरुआत गर्न लागिपर्ने प्रसाईं व्यक्तित्वहरूमाथि पनि प्रकाश पार्नुभयो र मन्दिर परिसरको अन्दाजी ६ रोपनी जग्गा सीताराम प्रसाईंले उपलब्ध गराउनुभएको खुलासा गर्नुभयो ।
शयवटा दीप प्रज्वलनका साथ उद्घाटन भएको सभालाई सम्बोधन गर्दै अध्यक्ष शीतल गिरिले स्रष्टा पदयात्राको गतिविधिबारे प्रकाश पार्नुभयो ।
ट्रष्टका अध्यक्ष पुष्करराज प्रसाईंले सीताराम प्रसाईंको प्रमुख लगानीमा स्थापित प्रसाईं ट्रष्ट कल्याणकारी कोषको बारेमा र रामचन्द्र प्रसाईंका बारेमा प्रकाश पार्नुभयो ।
स्रष्टा सम्मानमा डा. कल्पना लुइँटेल ,डा भक्त राई र वडाध्यक्ष भगवान् खत्रीलाई सम्मान गरिएको थियोे । अक्षलोक प्रकाशनका तर्फबाट अध्यक्ष शीतल गिरिलाई सम्मान र डा.भक्त राईबाट टोपी उपहार अर्पण गरियो । सूर्यविनायक वडा नं ९ का अध्यक्ष भगवान् खत्रीले मन्तव्यको क्रममा शुभकामना व्यक्त गर्नुभयो ।
डा. भक्त राईले धन्यवाद र शुभकामना व्यक्त गर्नुभयो । डा. बालचन्द्र मिश्रले मन्तव्यको क्रममा संस्थाका आगामी योजनाहरू र अन्य गतिविधिमा प्रकाश पार्नुभयो । मुख्य आमन्त्रित नेपाल प्रज्ञाप्रतिष्ठानका सचिव डा. धनप्रसाद सुवेदीले हाम्रा परम्परागत संस्कृतिहरू जोगाउने फैलाउनेतर्फ सबैले लागिपर्नु पर्ने बताउँदै हाम्रो संस्कृति हस्तान्तरण गर्नुपर्ने अवस्था आएको बताउनुभयो । उपाध्यक्ष विमल अर्यालले समयसन्दर्भअनुरूप यो पदयात्रालाई अघि बढाउनुपर्छ भन्दै सधन्यवाद सभा समापन गर्नुभएको थियो ।
घनश्याम प्रसाईंबाट शनिदेवको भजन सुनाएर सर्वप्रथम रचनावाचन आरम्भ गरिएको यो सभामा कविता पाठ गर्नेहरूमा दुर्गा भवानी भट्ट (गजल), चाँगुनारायण साहित्य समाजका अध्यक्ष लालबहादुर भुजेल (कविता), डा. यादेवी ढकाल (कविता), सुवास ढुङ्गेल(कविता),निशा केसी( गजल), लक्ष्मी थापा(कविता),दीपक लोहनी( कविता), शोभा सरभ (कविता), राजन पुडासैनी ,विजया बस्नेत (कविता), खोलाघरे साहिंलो( स्रष्टा पदयात्राको परिचयात्मक कविता) ,अप्सरा ढकाल ( मुक्तक) ,वासुदेव पौडेल ( कविता), रुबी सत्याल ( कविता ) सावित्री श्रेष्ठ (कविता ), ध्रुव थापा पुरुष(लघुकथा) डा. बालचन्द्र मिश्र( कविता) वासुदेव ठकुरी ( कविता) ,दुर्गा घिमिरे ( कविता) हुनुहुन्थ्यो ।