नेपाली साँस्कृतिक परिषद् सिक्किमको ९६औँ श्रृङ्खला सम्पन्न

खगिन्द्रा खुसी · मंसिर ९, २०८२ ८:४० PM
Cover Image for News

मंसिरको २६गते सिक्किमको आरिटारमा नेपाली साँस्कृतिक परिषद् सिक्किम द्वारा प्रायोजन तथा “नेपाली सँस्कृति मन्थन”को आयोजनामा एक साहित्यिक तथा साँस्कृतिक कार्यक्रम सम्पन्न गरियो । मासिक रुपमा सम्पन्न हुँदै आएको सो कार्यक्रमको ९६औँ श्रृङ्खला सम्पन्न भएको हो । आयोजक सँस्थाका अध्यक्ष अविनारायण मिश्रको सभाध्यक्षता, मुख्य जिल्ला पञ्चायत श्रीमती ममता प्रधानको मुख्य आतिथ्य तथा श्रीमती पद्मा कुमारी ठकुरीको विशेष आतिथ्यमा सम्पन्न सो कार्यक्रमलाई गजेन्द्र दाहालले संचालन गर्नुभएको थियो । फ्यूचर स्टार एकाडेमीका शिक्षक उदय पौडेलले स्वागत सम्भाषण गर्नुभएको उक्त कार्यक्रममा स्थानीय बाल कलाकारहरुले साँस्कृतिक कार्यक्रमहरु प्रस्तुत गरेका थिए भने स्रष्टाहरु शान्ता शर्मा, सुमन निरौला, गजेन्द्र दाहाल लगायतले कविता वाचन गर्नुभएको थियो ।

फोटो
मन्तव्यका क्रममा मुख्य अतिथि तथा विशेष अतिथिहरुले “समाज, सँस्था, सँस्कृति, भाषा तथा सभ्यताको गरिमा बचाइराख्नका लागि बालबालिका, युवा तथा बृद्ध÷बृद्धा सबैले अहम् भूमिका खेल्नुपर्छ भन्ने बिचार ब्यक्त गर्नुभएको थियो । कार्यक्रमको अन्त्यमा नेपाली साँस्कृतिक परिषदको केन्द्रीय कोषाध्यक्ष नरेन्द्र क्षेत्रीले सबैलाई धन्यवाद ज्ञापन गर्दै कार्यक्रमको समापन गर्नुभएको कुराको जानकारी स्रष्टा शान्ता शर्माबाट प्राप्त भएको छ । 

ट्यागहरू:
सहित्य literature samachar sahitya nepalisahitya
टिप्पणीहरू
User
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस गर्नुहोस्।
सम्बन्धित पोस्टहरू