रहूँ यादमा म
दली रङ्ग गाढा खेलाएर होली
गयौ मुस्कुराई नबोली नबोली
तिनै रङ्ग लाखौ बने याद प्यारे
फुले फूल वासन्ति बेली कलेजी।
टिपी फूल दिन्छ्यौ गरी सर्सरायौ
खुले ओष्ठ सुस्तै कठै ! थर्थरायौ
चले पाइला ती थियौ हंसिनी झैं
घोली रङ्ग छ्याप्यौ र आफैं डरायौ।
कतै लाज मान्दै र ठान्दै पराई
कतै हात तान्दै र आफैं रमाई
भिजायौ लछप्प्यै र हेर्यौ पुलुक्क
हुरुक्कै भएँ के गरूँ भो मलाई।
बढे हात मेरा दलूँ रङ्ग ठानी
दियौ रङ्ग संकोच केही नमानी
जुधे नेत्र झुक्यौ चुह्यो तप्प पानी
डुबूँ पोखरी भन्न थाल्यो जवानी।
चुमी ओष्ठ मीठो चढाएर मात
घरी हिड्न खोज्दै समाएर हात
थियौ को , कहाँ खै, चिनूँ के गरी लौ !
टिपूँ काव्य मोती रहूँ यादमा म ।
चिराग चैतन्य, मध्यपुर ठिमी, भक्तपुर
ट्यागहरू:
सहित्य
कविता
literature
sahitya
टिप्पणीहरू
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस
गर्नुहोस्।
सम्बन्धित पोस्टहरू
देशको सान
कल्पना काफ्ले पोष्ट -खगिन्द्रा खुसी - बिहिबार २४ अक्टोबर २०२४
शक्ति सङ्कल्प
टीका आत्रेय पोष्ट - खगिन्द्रा खुसी - बिहिबार २९ अगष्ट २०२४
स्रग्धरामा रमाऊँ
खगिन्द्रा खुसी - बिहिबार १८ जुलाई २०२४
चाँडै तिमी आउनू
खगिन्द्रा खुसी - शुक्रबार २८ जुन २०२४