पोतो पलाएपछि

हे मेरा प्रिय प्राण नै हजुर हो संसार नै हो भनें
हेर्दैनन् पतिदेव आज यसरी एक्लो म एक्लो बनें
ती हेर्छन् अनुहार सुन्दर बरु तिर्छन् रुपैयाँ दशी
साँच्चै नै अपमान गर्छ दुनियाँ पोतो पलाए पछि
१
राम्री नै म थिएँ युवाअझ निकै चासो लिई हेर्दथे
लोग्ने पुत्र सँगै हुँदा पनि अझै तन्नेरिले घेर्दथे
हुन्थ्यो दिप्त मुहार सुन्दर सधैँ गोरो उजेलो छवि
ऐले खै कसरी गयो चमकनै पोतो पलाएपछि
२
हेर्दैनन् अब ती युवा पर गए बस्दैन क्वै छेउमा
भन्दैनन् नयनै अघिल्तिर बसी हेरी अघाउन्न म
प्यारी छे वहिनी, सखा हृदयकी भन्नेहरु नै पनि
भन्छन् आन्टि तथा दिदी सहजले पोतो पलाए पछि
३
पोतो दाग नदेखिँदा पवनका बाबा थिए साथमा
भन्छिन् रुग्ण मिना उपाय छ कुनै हट्ने दुई रातमा ?
मैले झैं अब कागती दिनदिनै घस्नू भनेँ भन्न त
आफ्नै दाग गएन दुख्क उनको पोतो कहाँ जान्छ र?
४
लोग्नेबाट लुकेर पार्लर पुगी पैसा हजारौ दिई
आकामात्र छ घस्न बाँकि अबता गोरी बनौँ सम्झिई
मेरो ज्यानलियो, लियो समय यो पैसा लियो वेस्सरी
जाला प्राण बरु गएन मुखमा पोतो पलाएपछि
५
छाडेंहार भएँ म गदिर्न भयो स्याहार यो चर्मको
मेरो सुन्दरता कला र प्रतिभा साँचो सफाकर्म हो
जो छन् निश्चल भावका भुवनमा लाग्छन् सबै सुन्दर
काला छन् व्यवहार कर्तुत भने के काम त्यो सुन्दर ?


सान्दर्भिक, सत्यता भित्रको कविता।

क्या गजपको कविता । अलिअलि शुद्धतामा ध्यान दिऔँ ।

कवि खगिन्द्राको यो कविता मलाई मनपर्ने कविताभित्रको एक हो।



