पुष्पलाल स्मृति दिवस मनाइँयो।

दिलिप घिमिरे · साउन ७, २०८१ १:२७ PM
Cover Image for News


 आज नेपाल कम्युनिष्ट पार्टी(नेकपा)शिवसताक्षी नगर कमिटीको आयोजनामा संस्थापक महासचिव पुष्पलालको ४६ औँ स्मृति दिवस वृक्षारोपण गरी मनाइँयो ।
 

शिवसताक्षी नगरपालिका ९ स्थित चिल्लागढ धाम तीन बिघा क्षेत्रफलमा फैलिएको छ । १४ कट्ठा १० धुर जमिनमा ‘यज्ञ कुण्ड’ छ ।
 ऐतिहासिकता र धार्मिक महत्वले भरिपूर्ण भएको यो ठाउँ स्थानीय सरकार आएपछि यस्ले मुहार फेरेको देखिन्छ ।
 बृहत वृक्षारोपण तथा सरसफाइ कार्यक्रम शिवसताक्षी नगर कमिटीका अध्यक्ष मेदनी दंगालको अध्यक्षता एवम् कोशी प्रदेश कमिटी सदस्य भरत इन्दिरा बस्नेतको प्रमुख आतिथ्यमा सम्पन्न गरिएको थियो।
`व्यक्तिगत जीवनमा कठोर निर्वासित जीवन बिताउन, अभावैअभावमा बाँच्न र कष्टपूर्ण अवस्थामा मृत्युवरण गर्न परे पनि पुष्पलालले राष्ट्र र जनताप्रतिको निष्ठालाई कहिल्यै कमजोर हुन नदिएको  प्रमुख अतिथि बस्नेतले कार्यक्रममा उनको  योगदानको चर्चा गर्दै बताइन् ।
स्मरण रहोस् विसं २००६ वैशाखमा चार जना साथी निरञ्जनगोविन्द वैद्य, नारायणविलास जोशी, नरबहादुर कर्माचार्य र मोतीदेवी शाक्यसँग मिलेर उनले  पहिलो पटक भारतको कोलकातामा बसेर नेकपा स्थापना गरेका थिए ।

विसं १९८१ असार १५ गते रामेछाप जिल्लामा पिता भक्तलाल र आमा तुलसीकुमारीका माहिला छोराका रुपमा जन्मिनुभएका पुष्पलालले प्रवासमा बसेर नेकपाका गतिविधि गरेका थिए । उनी सहिद गङ्गालालका भाइ हुन् ।

उनले स्थापना गरेको नेकपा विभिन्न चिरामा भए पनि अहिले वामपन्थीहरुको संसद्मा राम्रो उपस्थिति छ र कुनै समूह सदन बाहिरको भूमिकामा छन् । नेपालका प्रायः सबै कम्युनिस्ट पार्टीले पुष्पलालप्रति श्रद्धा राख्ने गरेका छन् ।
 नेपाली काङ्ग्रेस लगायत प्रजातान्त्रिक शक्तिसंँग मिलेर संयुक्त जनान्दोलन गरी पञ्चायत व्यवस्था ढाल्नुपर्छ भन्नेमा पुष्पलाल सधैँ लागिरहे ।
 अध्ययनशील नेताका रुपमा परिचित पुष्पलालसंँग नेपालको वर्तमान स्थितिका बारेका कार्यदिशा दिने क्षमता रहेको थियो । उनले  नेपालको गहिरो इतिहास अध्ययन गर्नाका साथै केही पुस्तक पनि प्रकाशन गरेका छन् ।
 नगर कमिटीको आयोजनामा सोमबार चिल्लागढ धाम परिसरमा विभिन्न प्रजातिका आकर्षण र आन्तरिक पर्यटनलाई टेवा दिने खालका सुगन्ध युक्त फुलहरु र विभिन्न प्रकारका करिव २५० प्रजातिका वोटविरुवा रोपिएको अध्यक्ष दंगालले बताए ।
  पुष्पलालको तस्बिरमा श्रद्धाका पुष्प गुच्छाहरु अर्पण गरि औपचारिक कार्यक्रमको थालनी गरिएको थियोे ।कार्यक्रममा शिवसताक्षी नगर प्रमुख रोशन थोप्रा,फूर्वा लामा,धनबहादुर थेवे,गोमा रिजाल विशेष उपस्थिति रहेको थियोे ।
 कमिटीका सचिव लक्ष्मी गुरागाईँले संचालन गरेको कार्यक्रममा स्वागत मन्तव्य उपाध्यक्ष विष्णुप्रसाद प्रसाईंले गरेका  थिए।
  पुष्पलालको विसं २०३५ साउन ७ गते भारतको नयाँदिल्लीमा उपचारका क्रममा निधन भएको थियो।

ट्यागहरू:
सहित्य
टिप्पणीहरू
User
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस गर्नुहोस्।