‘परान’ बन्यो २०८२ को सर्वाधिक कमाउने नेपाली फिल्म
झापा २६ चैत्र/नीर शाहको मुख्य भूमिका रहेको चलचित्र ‘परान’-२०८२ सालमा घरेलु बक्सअफिसमा सबैभन्दा धेरै कमाउने नेपाली फिल्म बनेको छ ।
यस वर्ष ५६ वटा नेपाली चलचित्र प्रदर्शनमा आए । जसमध्ये नीर शाहको मुख्य भूमिका रहेको फिल्म ‘परान’ २०८२ सालमा घरेलु बक्सअफिसमा सबैभन्दा धेरै कमाउने नेपाली फिल्म बनेको हो।
चलचित्र विकास बोर्डले सोमबार सार्वजनिक गरेको वर्षभरि रिलिज भएका नेपाली फिल्मको सूची ‘परान’ सबैभन्दा अगाडि देखिएको हो ।
‘परान’ले १७ करोड ७६ लाख ८४ हजार ४१० रुपैयाँ ग्रस कमाइ गर्दै अग्र स्थान कायम गरेको हो । फिल्मको टिकट ६ लाख ३० हजार ६९१ वटा बिक्री भएका छन् ।
त्यसैगरि यसवर्ष धेरै कमाउने फिल्मको दोस्रो स्थानमा पल शाहको मुख्य भूमिका रहेको फिल्म ‘आबाट आमा’ रहेको छ । त्यसैगरि अनमोल केसीको ‘जेरी अन टप’ तेस्रोमा छ भने चौथोमा ‘ऊनको स्विटर’ रहेको छ ।
ट्यागहरू:
चलचित्र #
टिप्पणीहरू
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस
गर्नुहोस्।
सम्बन्धित पोस्टहरू
´सलह’लाई पद्मश्री साहित्य पुरस्कार, धरावासी र आचार्यलाई पद्मश्री सम्मान प्रदान
दिलिप घिमिरे - मङ्गलबार २७ अक्टोबर २०२६
‘स्वस्तिका स्मृति लघुकथा प्रतियोगिता-२०८३’ मा टङ्कबहादुर आलेमगर सर्वोत्कृष्ट
खगिन्द्रा खुसी - मङ्गलबार २० अक्टोबर २०२६
मैत्री समाज र नवनासो साहित्य प्रतिष्ठानको मा.वि स्तरीय कविता प्रतियोगिता सम्पन्न
दिलिप घिमिरे - आइतबार १८ अक्टोबर २०२६
विमल गुरुङ कृति पुरस्कारका लागि उत्कृष्ट १० कृति छनोट
दिलिप घिमिरे - बिहिबार १५ अक्टोबर २०२६