‘परान’ बन्यो २०८२ को सर्वाधिक कमाउने नेपाली फिल्म
झापा २६ चैत्र/नीर शाहको मुख्य भूमिका रहेको चलचित्र ‘परान’-२०८२ सालमा घरेलु बक्सअफिसमा सबैभन्दा धेरै कमाउने नेपाली फिल्म बनेको छ ।
यस वर्ष ५६ वटा नेपाली चलचित्र प्रदर्शनमा आए । जसमध्ये नीर शाहको मुख्य भूमिका रहेको फिल्म ‘परान’ २०८२ सालमा घरेलु बक्सअफिसमा सबैभन्दा धेरै कमाउने नेपाली फिल्म बनेको हो।
चलचित्र विकास बोर्डले सोमबार सार्वजनिक गरेको वर्षभरि रिलिज भएका नेपाली फिल्मको सूची ‘परान’ सबैभन्दा अगाडि देखिएको हो ।
‘परान’ले १७ करोड ७६ लाख ८४ हजार ४१० रुपैयाँ ग्रस कमाइ गर्दै अग्र स्थान कायम गरेको हो । फिल्मको टिकट ६ लाख ३० हजार ६९१ वटा बिक्री भएका छन् ।
त्यसैगरि यसवर्ष धेरै कमाउने फिल्मको दोस्रो स्थानमा पल शाहको मुख्य भूमिका रहेको फिल्म ‘आबाट आमा’ रहेको छ । त्यसैगरि अनमोल केसीको ‘जेरी अन टप’ तेस्रोमा छ भने चौथोमा ‘ऊनको स्विटर’ रहेको छ ।
ट्यागहरू:
चलचित्र #
टिप्पणीहरू
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस
गर्नुहोस्।
सम्बन्धित पोस्टहरू
असमका गायक हुकुमलाल मगर रहेनन् !
दिलिप घिमिरे - सोमबार ७ सेप्टेम्बर २०२६
बिर्तामोडमा ‘शिक्षाका पारसमणि: गुरुभक्त सर’ स्मृतिग्रन्थ लोकार्पण
दिलिप घिमिरे - शुक्रबार ४ सेप्टेम्बर २०२६
हरितालिका तीज महोत्सव तथा 'हाम्रो गौरव अवार्ड २०२६' को नयाँ दिल्लीमा आयोजना गरिने
दिलिप घिमिरे - बिहिबार ३ सेप्टेम्बर २०२६
नेपाली साहित्य क्लब औपचारिक घोषणा तथा शुभारम्भ विज्ञप्ति
दिलिप घिमिरे - बुधबार २ सेप्टेम्बर २०२६