पराजय
पराजय
– तेजेन्द्र घिमिरे
म बुझ्न सक्छु
तिम्रो रजस्वलाको पीडा
म जान्दछु तिमीले गर्भिणी भएर
दश-दश महिनासम्म
निकै कष्टपूर्वक बिताएको
जीवनको एक खण्ड
अत्यास र हर्षको श्रृङ्खला
र थाहा पाएको छु निकै नजिकबाट
तिम्रो प्रसवको उज्यालो वेदना
तर पनि
मलाई किन यस्तो लाग्छ
तिमीले जीवनको सय युध्दमा
विययी हासिल गर्दैछ्यौ
र पराजित हुदैछु म
हुनत मैले यस्तो त्यसबेलै मानेथें
जब म पूर्णरुपमा तिमीमै लिन हुदै
सम्पूर्ण उर्जा तेजबोध गरि
तिमीमा समर्पित भइरहँदा
अनानक स्खलित हुनुपर्छ मैले
वा स्खलित पार्छौ तिमीले
हो त्यसबेला‚
जीवनको बाजी जित्दै
हुन्छ्यौ तिमी र
हारीरहेको हुन्छु म ।
- शिवसताक्षी धरमपुर झापा
ट्यागहरू:
सहित्य
टिप्पणीहरू
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस
गर्नुहोस्।
सम्बन्धित पोस्टहरू
प्रिय जेन्जी र आक्रोश!
अन्जना न्यौपाने - सोमबार १० नोभेम्बर २०२५
म तिम्रो बागी हुँ !
देशु वनेम - सोमबार १० नोभेम्बर २०२५
खरानीको आत्मकथा !
कवि डाक्टर नवराज लम्साल - आइतबार ९ नोभेम्बर २०२५
कोल्पुको कलकल तीरमा
कलानिधि दाहाल पोष्ट- खगिन्द्रा खुसी - मङ्गलबार ४ नोभेम्बर २०२५