पराजय
पराजय
– तेजेन्द्र घिमिरे
म बुझ्न सक्छु
तिम्रो रजस्वलाको पीडा
म जान्दछु तिमीले गर्भिणी भएर
दश-दश महिनासम्म
निकै कष्टपूर्वक बिताएको
जीवनको एक खण्ड
अत्यास र हर्षको श्रृङ्खला
र थाहा पाएको छु निकै नजिकबाट
तिम्रो प्रसवको उज्यालो वेदना
तर पनि
मलाई किन यस्तो लाग्छ
तिमीले जीवनको सय युध्दमा
विययी हासिल गर्दैछ्यौ
र पराजित हुदैछु म
हुनत मैले यस्तो त्यसबेलै मानेथें
जब म पूर्णरुपमा तिमीमै लिन हुदै
सम्पूर्ण उर्जा तेजबोध गरि
तिमीमा समर्पित भइरहँदा
अनानक स्खलित हुनुपर्छ मैले
वा स्खलित पार्छौ तिमीले
हो त्यसबेला‚
जीवनको बाजी जित्दै
हुन्छ्यौ तिमी र
हारीरहेको हुन्छु म ।
- शिवसताक्षी धरमपुर झापा
ट्यागहरू:
सहित्य
टिप्पणीहरू
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस
गर्नुहोस्।
सम्बन्धित पोस्टहरू
गाउँ जाने बाटो
कवि-विराट किराती पोष्ट-दिलिप घिमिरे - शुक्रबार १८ सेप्टेम्बर २०२६
सिङ्गो ब्रह्माण्ड नै डिप्रेसनमा
✍️ टंक विकल्प पोष्ट-दिलिप घिमिरे - बिहिबार १० सेप्टेम्बर २०२६
सम्झौता र मौनता
Admin - बिहिबार १० सेप्टेम्बर २०२६
भरोसा त मलाई
आभास रिखाम मगर - शनिबार ५ सेप्टेम्बर २०२६