प्राडा पोखरेललाई ‘साहित्य सन्ध्या–गोविन्द भट्ट स्मृति पुरस्कार तथा सम्मान’

दिलिप घिमिरे · असोज २४, २०८३ ८:०३ PM
Cover Image for News

झापा २४ असोज /वर्ष २०८२ को ‘साहित्य सन्ध्या–गोविन्द भट्ट स्मृति पुरस्कार तथा सम्मान’ विख्यात भाषावैज्ञानिक, प्रखर समालोचक एवम् सशक्त निबन्धकार प्रा.डा.माधवप्रसाद पोखरेललाई शनिबार  प्रदान गरिएको छ । 

निबन्ध, समालोचना, अनुसन्धान, भाषा विज्ञान, आदि विधामा योगदान दिनुभएका डा पोखरेललाई वाम बुद्धिजीवी एवम् समालोचक भट्टको स्मृतिमा स्थापित सो सम्मान र पुरस्कार प्रदान गरिएको हो । रु ५० हजार राशिको सो पुरस्कार वरिष्ठ समालोचक एवम् साहित्यकार डा अभि सुवेदीले डा पोखरेललाई प्रदान गर्नुभयो ।

२४ सेप्टेम्बर १९४८ मा सुनसरी जिल्लाको धरान, विजयपुरमा पिता गङ्गाधर पोखरेल तथा माता कृष्णादेवी पोखरेलका सुपुत्रका रूपमा जन्मिनुभएका प्रा.डा.माधवप्रसाद पोखरेल नेपाली साहित्यमा भाषा अनुसन्धता एवम् विशेषज्ञका अतिरिक्त प्रखर समालोचक, निबन्धकारका रूपमा समेत सम्मानित र सुप्रतिष्ठित विशिष्ट व्यक्तित्व हुनुहुन्छ । 

वरिष्ठ साहित्यकार एवम् नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्व कुलपति गङ्गाप्रसाद उप्रेतीद्वारा अक्षयकोष स्थापना गरी दिन थालिएको सो पुरस्कार ‘साहित्य सन्ध्या’ का अध्यक्ष राम विनयको अध्यक्षतामा भएको बैठकले पुरस्कार दिने निर्णय गरेको थियो ।
  
पुरस्कार चयनका लागि प्रा डा जीवेन्द्रदेव गिरीको संयोजकत्वमा गोपालकुमार मैनाली, जयन्ती सत्याल ‘स्पन्दन’ सम्मिलित समिति गठन गरिएको थियो । कार्यक्रममा भट्टको बहुआयामित व्यक्तित्वबारे समालोचक प्रा डा हेमनाथ पौड्यालले प्रकाश पार्नुभएको थियो ।
यसअघि वर्ष २०८१ को सो पुरस्कारबाट समालोचक प्रा डा वासुदेव त्रिपाठी सम्मानित भइसक्नुभएको छ ।

ट्यागहरू:
भाषा#साहित्य# कला र लोक संस्कृति#
टिप्पणीहरू
User
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस गर्नुहोस्।