कर्ण गुरुङलाई कम्युनिटी अपलिफ्ट अवार्ड २०२६’
झापा २३असोज /नेपाली साहित्य डट कमका अध्यक्ष कर्ण गुरुङलाई कम्युनिटी अपलिफ्ट अवार्ड २०२६’ प्रदान गरिएको छ।
बुढा खारी फाउन्डेसनका संस्थापक तथा निर्देशक टीकाराम ढुङ्गानाले अवार्ड प्रदान गरेका हुन् ।
महिनौँसम्म भेन्टिलेटरमा रहेर कोभिड–१९ को सङ्क्रमणबाट जीवन बचाउन सफल तपाईंले जीवनका सबैभन्दा कठिन चुनौतीहरूलाई पार गर्दै असाधारण साहस, धैर्य, सहनशीलता र दृढता प्रदर्शन गर्नुभएको छ।साथै ग्लोबल भुटानी साहित्यिक सङ्गठन (GBLO) का पूर्वअध्यक्षका रूपमा, नेपाली साहित्यमा तपाईंले पुर्याउनुभएको योगदानले नेपाली साहित्यको संरक्षण र प्रवर्द्धनका लागि एउटा अर्थपूर्ण मार्ग निर्माण गरेको छ। तपाईंको योगदान संयुक्त राज्य अमेरिकामा मात्र सीमित नरही विश्वव्यापी रूपमा नेपाली साहित्यको विकास र विस्तारमा कर्ण गुरुङले पुर्याएको योगदानको उच्च मूल्यांकन गर्दै सम्मान पत्र प्रदान गरिएको हो।
पेन्सिलभेनियाको ह्यारिसबर्गस्थित होटल इन्डिगोमा आयोजित पुरस्कार वितरण समारोहमा व्यक्तिगत रूपमा उपस्थित हुन नसके पनि यो विशिष्ट सम्मान प्राप्त गरेकोमा म अत्यन्त कृतज्ञ भएको बताउनु हुन्छ ।
गुरुङले यो सम्मान मेरो जीवनयात्रामा साथ दिने, मलाई प्रोत्साहित गर्ने, प्रेरणा दिने र हरेक कठिन मोडमा साथ रहने सम्पूर्ण व्यक्तिहरूप्रति समर्पित गर्दछु। विशेषगरी, आफ्नो दृढता, सहनशीलता र मानवीय संवेदनामार्फत मेरा प्रयासहरूलाई निरन्तर प्रेरणा दिइरहेका समुदायहरूप्रति म विशेष आभार व्यक्त गर्नुभएको छ।
स्वीकारोक्ति फाउन्डेसनका संस्थापक सदस्य गुरुङ कुशल साहित्यकार हुनुहुन्छ ।उहाँका बुद्धिको बिर्को पहिलो कविता संग्रह ,(२०१४)हो भने, कर्म कविता सङ्ग्रह (२०२२) र चेतनाको बाटो विचार सङ्ग्रह, (२०२३)चर्चित साहित्यिक कृतिहरु हुन् ।
बुबा पञ्चमान गुरुङ र माता जगमाया गुरुङको कोखबाट अगष्ट ३१,१९८७ मा भूटानको साम्ची जिल्ला, काचिन गाउँ, तेन्दु ब्लकमा जुम्लिया जन्मनु भएका दाजुभाइ मध्ये एक हुन् कर्ण गुरुङ परिवर्तन ।
भारतको दार्जिलिङमा औपचारिक शिक्षा पूरा गरि नेपालीका विभिन्न ठाउँमा शिक्षण पेशा आवद्ध रहि तेस्रो मुलक पुनर्वासको क्रममा हाल ओमाहा सहर, नेब्रास्का राज्य अमेरिकामा परिवारसँग हुनुहुन्छ ।
उनी वर्ल्ड नेपाली लिटरेचर फेडेरेसन, युनाइटेड गुरूङ सोसाइटी अफ अमेरिका,जिइपी, बिनेसाम, रेफुजी काङ्ग्रेस, मानव अधिकार तथा सम्बन्ध-ओमाहा सहर मेयर बोर्ड, त्रिरत्न फाउन्डेसन,भूटान गजल मञ्च आदि संघ संस्थामार्फत समाजसेवामा तल्लीन हुनुहुन्छ ।
उनले भाषा,साहित्य ,कला र संस्कृति संरक्षणमा पुर्याउनु भएको योगदानको उच्च मुल्याङ्कन गर्दै ग्लोबल फिल्म र सोसल अवार्ड २०१८ (नर्थ केरोलिना, अमेरिका),चेलेन्ज फर चेन्ज-जोन बेकार अवार्ड २०१४ (न्युयोर्क सिटी,अमेरिका), साहित्य तथा भाषा संरक्षक सम्मान २०१२ (नेब्रास्का,अमेरिका), डब्लु ऐफ जी बिजिनेस लिडरसिप अवार्ड २०१६(केलिफोर्निया, अमेरिका)आदिबाट सम्मानित हुनुहुन्छ ।
अमेरिकामा मुलतः हेल्थ केयर, रियल स्टेट, होलेसेल, लोजिस्टिक, आइटी र सोसल मिडियाको व्यापार व्यावसायमा प्रगति गरि आफ्नो पहिचान बनाउन सफल उदाहरणीय व्यक्तित्वका पर्याय हुन कर्ण गुरुङ ।