कवि राजेन्द्र शलभको 'अक्षर मनका' कविताकृतिको चर्चा सम्पन्न

खगिन्द्रा खुसी · असोज २४, २०८३ १२:११ PM
Cover Image for News

 २४ असोज, झापा । तीसको दशकका कवि राजेन्द्र शलभको चौथो कविताकृति 'अक्षर मनका'को असोज २३ गतेको साँझ सम्पन्न 'अक्षर साँझ' कार्यक्रममा परिचर्चा सम्पन्न गरिएको छ । चियावाला, थापाथली, काठमाडौंमा आयोजना गरिएको सो कार्यक्रममा उक्त कृतिको चर्चाको साथमा विभिन्न कविद्वारा काव्य वाचन समेत गरिएको थियो । 

p.jpg 110.95 KB
काव्य वाचन गर्ने कविहरुमा क्रमशः वसन्त चौधरी, अशेष मल्ल, रमन घिमिरे,मन्जिला अनिल, कमला रिसाल, एलिसा ढुंगाना, कल्पना काफ्ले, गीता कार्की, रन्जना निरौला, यादव भट्टराई, रिता लम्साल र चियावाला गणेशदेव पाण्डे रहनु भएको थियो । एपेक नेपाल र सांग्रीला बुकले आयोजना गरेको सो कार्यक्रममा यसअघि कवि एवं गीतकार वसन्त चौधरीले अभिभावकको हैसियतमा कवि शलभलाई फूलको मालाले स्वागत गर्नु भएको थियो भने साहित्यकारहरु उषा शेरचन, प्रा.डा. रजनी ढकालले कवि व्यक्तित्वबारे आ-आफ्नो मन्तव्य राख्नु भएको थियो । कवि शलभले "कविता मनबाट लेखिन्छ म पनि मनबाटै कविता लेख्छु" भन्दै आफ्ना तीन कविता वाचन गर्नु भएको थियो । कार्यक्रममा एपेक नेपालका अध्यक्ष तथा साहित्यिक पत्रकार संघका पूर्व अध्यक्ष वरिष्ठ कवि विश्वविमोहन श्रेष्ठले कार्यक्रमको सहजीकरण गर्नु भएको थियो । कार्यक्रममा मन्चासिन साहित्यिक पत्रकार संघका कोषाध्यक्ष वरिष्ठ आख्यानकार पद्मावती सिंह, श्रीमती रश्मि शर्मा र प्रकाशक मदन खनाल लगायत सर्जकहरुको बाक्लो उपस्थिति रहेको थियो । कवि शलभको यस अगाडि उज्यालोको शर्त (२०६५), कविताको रङ (२०७३) र उजाले के संग (२०७८) प्रकाशित कविताकृति रहेको समाचार साहित्यिक पत्रकार महासंघका अध्यक्ष राधेश्याम लेकालीबाट प्राप्त भएको छ ।

ट्यागहरू:
sahitya svikarokti
टिप्पणीहरू
User
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस गर्नुहोस्।