पण्डितराज स्व. सोमनाथ सिग्देलको १४२औं जन्मजयन्ती वाल्मीकि क्याम्पसमा सम्पन्न

खगिन्द्रा खुसी · असोज २०, २०८३ ४:०२ PM
Cover Image for News

२० असोज । झापा ।  मिति २०८३ असोज १९ गते सोमबार सिग्देल वंशका धरोहर एवम् संस्कृत भाषा, व्याकरण र साहित्यका महान् विद्वान् पण्डितराज स्व. सोमनाथ सिग्देलको १४२औं जन्मजयन्ती कार्यक्रम वाल्मीकि क्याम्पसमा सम्पन्न भएको छ। आदर्श राघव-महाकाव्य-२००५, साहित्य प्रदीप-लक्षणग्रन्थ-२०१५,  मध्य-चन्द्रिका-१९७६, लघु-चन्द्रिका-व्याकरण-१९९१,  सनातन धर्म सन्देश, सुन्दरचम्पू-संस्कृतमा, प्रतिसंस्कृता सिद्धान्त कौमुदी, संस्कृति चन्द्रिका, अनुवाद चन्द्रिका-भाग १, २,३,४-संस्कृत जस्ता कृति लेखेर नेपाली साहित्यको माध्यमिक कालदेखि आधुनिक कालसम्मको समयलाई समृद्ध बनाउने सिग्देलको वाल्मिकी क्याम्पसको प्राङ्गणमा रहेको प्रतिमामा फूल माला अर्पण गरी कार्यक्रम आरम्भ गरिएको थियो । सोमनाथ वाल्मीकि महाविद्यालयको पहिलो प्राचार्य रहेका थिए । 

सभाहलमा रचना वाचन तथा सोमनाथको व्यक्तित्वको परिचर्चा भएको थियो । नेपाली प्राध्यापक लेखप्रसाद निरौलाले सोमनाथले नेपाली भाषा व्याकरण पुर्याएको योगदानको मुक्तकण्ठले प्रशंसा गरेका थिए । कविले संस्कृत कविता पुरुषोत्तम सिग्देल र ,हरिभक्त सिग्देल महेश, भुवनहरि सिग्देलले छन्दमा कविता वाचन गरेका थिए ।

​आयोजक एवम् अध्यक्ष ​सबिन सिग्देल सभापति रहेको कार्यक्रममा सिग्देल बन्धु प्रतिष्ठान केन्द्रीय समितिका महासचिव पूर्णचन्द्र सिग्देलको प्रमुख आतिथ्यमा कार्यक्रम सञ्चालित रहेको थियो । 

ट्यागहरू:
svikarokti nepalisahitya
टिप्पणीहरू
User
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस गर्नुहोस्।