१५७ औं घुम्ती कवि गोष्ठी तथा पूर्णप्रकाश यात्रीको तेह्रौं स्मृति दिवस सम्पन्न
१५७ औं घुम्ती कवि गोष्ठी सप्पन्न पुस १२ गते शनिबार पुर्णप्रकाश यात्रीको तेह्रौं स्मृति दिवसको अवसर पारेर यात्री पुस्तकालय कपनले १५७ औं घुम्ती कवि गोष्ठी आयोजना गर्यो । पुस्तकालयका अध्यक्ष त्रिलोचन आचार्यको सभापतित्व,वरिष्ठ साहित्यकार कणाद महर्षीको प्रमुख, बुनपा १२ वडा अध्यक्ष शम्भुप्रसाद भट्टराईको बिशिष्ट आतिथ्यमा सम्पन्न भएको कवि गोष्ठीमा त्रिलोचन आचार्य,कणाद महर्षी,अच्युत पौडेल चिन्तन,भारद्वाज मित्र, माधवलाल श्रेष्ठ, घनश्याम प्रसाइं, सुशील आचार्य, परशुराम पराजुली परासर, महेश्वर खनाल, विनोद दाहाल वत्स, शान्ति न्यौपाने, वासुदेव ठकुरी, नीमबहादुर ओली, प्रशुराम अधिकारी, यदुनाथ वसन्तपुरे, ओमप्रसाद कोइराला, ध्रुवराज थापा पुरुष, प्रमोद नेपाल, रामचन्द्र दाहाल, पुष्पा दाहाल, भावना बराल, जमुना आचार्य, आल्फिफोहेन फाक्लुप्पा, बालकृष्ण दङ्गाल, रामकुमार पण्डित क्षेत्री लगायतले रचना वाचन गर्नुभएको थियो । सम्मान आचार्य, कल्पना खतिवडा, रेनुका खरेल लगायत तीन दर्जन व्यक्तिहरुको उपस्थिति रहेको सो कार्यक्रमका सभापति त्रिलोचन आचार्य, प्रमुख अतिथि कणाड महर्षी, विशिष्ट अतिथि शम्भुप्रसाद भट्टराई, घुम्ती कवि गोष्ठी नेपालका अध्यक्ष माधवलाल श्रेष्ठ, यात्री पुस्तकालयका महासचिव निबन्ध आचार्यले सम्बोधन गर्दै घुम्ती कवि गोष्ठी र यात्री पुस्तकालयको बारेमा प्रकाश पार्नुभएको थियो । राम कुमार पण्डित क्षेत्रीले संचालन गर्नुभएको सो घुम्ती कवि गोष्ठी न्यू नमूना कपन थकाली भान्छाघर एण्ड क्याफे फैका कपनमा सम्पन्न भएको थियो । हरेक महिनाको दोस्रो शनिबार बिहान बेग्लाबेग्लै ठाउँमा आयोजना हुने घुम्ती कवि गोष्ठीमा एक जनालाई भाग्यशाली पुरस्कार अर्पण गर्ने परम्परा अनुसार यो पटक साहित्यकार भारद्वाज मित्रलाई सो पुरस्कार परेको थियो ।