नेपाल प्रज्ञा प्रतिष्ठानमा देवकोटाको ११६अ‍ौं जन्म जयन्ती

दिलिप घिमिरे · कार्तिक १५, २०८१ ७:३३ AM
Cover Image for News

१५गते कार्तिक /महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११६अ‍ौं जन्म जयन्ती बुधबार देवकोटा सङ्ग्रहालय,मैतीदेवी काठमाडौंमा सम्पन्न गरियो  । 
कार्यक्रममा कुलपति भूपाल राईको प्रमुख आतिथ्य ,सन्ध्या पहाडीको सञ्चालन ,काव्य विभाग प्रमुख बाबा बस्नेतको अध्यक्षता रहेको यस कार्यक्रममा अमर न्यौपाने ,हंसावती कुर्मी,कौशिला रिसाल,अम्बिकादेवी रिमाल,पद्मप्रसाद देवकोटा ,धनप्रसाद सुवेदी,वडा अध्यक्ष दलबहादुर कार्की ,जनक रसिकको विशेष उपस्थिति रहेको थियो ।


 स्वागत मन्तव्य प्रतिष्ठानका सदस्यसचिव डा.धनप्रसाद सुवेदीले गर्नुभयो ।महाकविका सुपुत्र पद्मप्रसाद देवकोटाले यो सङ्ग्रहालयलाई गोष्ठीको घर नबनाएर देवकोटासम्बन्धी अनुसन्धानस्थल बनाउन सुझाव दिनुभयो । मन्तव्य दिनेहरूमा कुलपति भूपाल राई,देवकोटाकी सुपुत्री अम्विकादेवी रिमाल आदि हुनुहुन्थ्यो । 

 नेपाल प्रज्ञा प्रतिष्ठानको काव्य विभागद्वारा आयोजित कार्यक्रममा -शैलेन्द्र साकार,नरनाथ लुइँटेल,पुरुषोत्तम सुवेदी,अनिता लामा, जीवनाथ धमला,मनोज न्यौपाने,प्रमोद सारङ्ग,गिलु रातोस( गणेश राई),विना थिङ,चेतनाथ धमला,रेणुका भट्टराई र घमा भट्टराई लगायतले कविता वाचन गरेका थिए।कविता वाचन गर्ने  कविहरूलाई जनही रु. १५००/- प्रदान गरिएको थियोे । 

कार्यक्रममा हिरण्यकुमारी पाठक,लेखनाथ पस्तकालय,चन्द्रगढी झापाका अध्यक्ष कृष्ण सुवेदी निराकार, इलाम साहित्य मञ्चका अध्यक्ष ,स्रष्टा पदयात्राका सदस्य खोलाघरे साहिंलो ,राधा दुलाल कार्की,पत्रकार तथा स्रष्टा पदयात्राका सदस्य जयराम विडारी, देवकोटासम्बन्धी विशेष अध्येता रत्ननिधि रेग्मी ,डा.यादेवी ढकाल,इन्दिरा पन्त पाण्डे,सुपरिचित महाकाव्यकार चन्द्रप्रसाद न्यौपाने, निर्मलकुमार पराजुली लगायत साहित्य स्रष्टाहरुको बाक्लो उपस्थिति रहेको थियो ।

ट्यागहरू:
साहित्य
टिप्पणीहरू
User
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस गर्नुहोस्।