मदन पुरस्कार विजेता घनश्याम कँडेललाई लेखनाथ साहित्य पुरस्कार प्रदान गरिने

खगिन्द्रा खुसी · पौष १५, २०८२ ९:२७ AM
Cover Image for News

झापा, पुस १५ गते । यस वर्षको लेखनाथ साहित्य पुरस्कार साहित्यकार घनश्याम कँडेललाई प्रदान गरिने भएको छ । कविशिरोमणि लेखनाथ पौड्यालको स्मृतिमा स्थापित लेखनाथ साहित्य प्रतिष्ठानले प्रदान गर्दै आएको सो पुरस्कारको लागि स्रष्टा कँडेललाई चयन गरिएको । दर्जनभन्दा बढी कृति प्रकाशित गरिसकेका कँडेलले विसं २०७३ मा खण्डकाव्य धृतराष्ट्रका लागि मदन पुरस्कार पाइसक्नु भएको छ । एक लाख रुपियाँ राशि, सम्मान पत्र र दोसल्लासहित साहित्यकार कँडेललाई सम्मान गर्ने भएको हो । प्रतिष्ठानले प्रदान गर्दै आएका अन्य दुई पुरस्कार कुन्तिदेवी साहित्य पुरस्कार साहित्यकार गंगा कर्माचार्य पौडेल र लेखनाथ सांस्कृतिक पुरस्कार साहित्यकार नवराज अधिकारीलाई प्रदान गरिने भएको छ । शिरोमणि पौड्यालको १४२ औं जन्मजयन्ती समारोहमा यी तीनै पुरस्कार प्रदान गरिने कुराको जानकारी अध्यक्ष पद्यराज ढकालले दिनुभयो ।

लेखनाथ साहित्य  पुरस्कार र कुन्तिदेवी साहित्य पुरस्कार कविशिरोमणिकी कान्छि छोरी कुन्तिदेवी भट्टराइका परिवारजनबाट स्थापना गरिएको हो । कुन्तिदेवी तथा लेखनाथ संस्कृतिक पुरस्कार को राशि २५ हजार रहेको छ ।

संस्कृतिक पुरस्कार लेखनाथ साहित्य प्रतिष्ठानका अध्यक्ष ढकालले स्थापना गर्नुभएको हो । यो पुरस्कार साविक लेखनाथ नगरपालिकाका स्रष्टा तथा संस्थालाई प्रदान गर्ने गरिएको छ । सोही समारोहमा मधुमाया ढकाल शिक्षा पुरस्कारबाट स्नेहा खड्कालाई प्रदान गरिनेछ ।

ट्यागहरू:
सहित्य sahitya puraskar nepalisahitya
टिप्पणीहरू
User
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस गर्नुहोस्।