मातृकलाले गर्यो “मेची वारि–मेची पारि सम्मान र समन्वय यात्रा–२०८१” कार्यक्रम

खगिन्द्रा खुसी · साउन १४, २०८१ ५:०० PM
Cover Image for News

झापा श्रावण १४ । आज  झापाको सहरेडाँगीमा एक साहित्यिक तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ । मातृकला साहित्य आश्रम, मेचीनगर–१२, सहरेडाँगीले आयोजना गरेको उक्त“मेची वारि–मेची पारि सम्मान र समन्वय यात्रा–२०८१” कार्यक्रम सहरेडाँगीको सामाजिक भवनमा आश्रमका अध्यक्ष मातृकाप्रसाद संग्रौलाको अध्यक्षता तथा शिक्षासेवी अर्जुन निरौलाको प्रमुख आतिथ्यमा सम्पन् भएको थियो ।  डा.पुण्यप्रसाद सिग्देलको संचालन रहेको उक्त कार्यक्रममा प्रलेस तेह्रथुमका अध्यक्ष देवीप्रसाद संग्रौलाद्वारा स्वागत गरिएको थियो । कार्यक्रममा विशिष्ट अतिथि आख्यानकार पुण्यप्रसाद खरेल, प्रलेस केन्द्रीय सदस्य राजेन्द्र संग्रौला, असम साहित्य सभाका अध्यक्ष विष्णु निरौला, असमी स्रष्टा तथा कलाकार अजन्ता तामुली फुकन, आसामी सञ्चारकर्मी सारङ्गधर राजा, क्षितिज नाट्य प्रतिष्ठानका अध्यक्ष माधव कल्पित उपस्थितिका साथमा क्षितिज साहित्य प्रतिष्ठानका उपाध्यक्ष दुर्गाप्रसाद सिग्देल, गीतकार कवि एन.बी दाहाल नवीनलाई आसन ग्रहण गराइएको थियो । लक्ष्मी अच्युत ढुङ्गाना, निर्मला भण्डारी चौहान, अमर रोका, जय आचार्य, दिलकुमारी बुढाथोकी, मुना दाहाल, विनोद खनाल, राजेन्द्रकश्यप अधिकारी, पञ्चैबाजा समूह समेतको राम्रो आतिथ्य रहेको थियो । 

Photo

 कार्यक्रममा गाम्छा, खादा तथा सम्मानपत्रद्वारा मातृकाप्रसाद संग्रौला, एन बी दाहाल नवीन, विष्णु निरौला ‘पहाडे माइला’, अजन्ता तामुली फुकन, सारङ्गधर राजालाई सम्मान गरिएको थियो । अजन्ता तामुली फुकनलाई ‘मुर्चुङ्गा’ तथा ‘पहाडे माइला’लाई मादल सांस्कृतिक चिनो उपहार दिइएको थियो । 

 कार्यक्रममा सारङ्गधर राजाले असमी लोकसंस्कृतिबारेमा छोटो वक्तव्य दिए भने अजन्ता तामुली फुकनद्वारा असमी लोकगीतमा नृत्य प्रस्तुत गरिएको थियो । विष्णु निरौला, राजेन्द्र संग्रौला तथा प्रमुख अतिथिद्वारा मन्तव्य राखिएको सो कार्यक्रममा आश्रमका अध्यक्ष मातृकाप्रसाद संग्रौलाले सबै उपस्थितलाई धन्यवाद दिँदै छोटो मन्तव्यसहित कार्यक्रम समापन गर्नुभयो । उपस्थित सबैलाई आश्रमका तर्फबाट दही चिउरा खाजा बाँडिएको कुरा आख्यानकार पुण्यप्रसाद खरेलद्वारा जानकारी प्राप्त भएको छ । 

ट्यागहरू:
सहित्य कविता literature news samachar svikarokti nepalisahitya
टिप्पणीहरू
User
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस गर्नुहोस्।
सम्बन्धित पोस्टहरू
चेतना प्रकाशनद्वारा स्रष्टाहरू सम्मानित
चेतना प्रकाशनद्वारा स्रष्टाहरू सम्मानित
खगिन्द्रा खुसी - सोमबार १६ सेप्टेम्बर २०२४
एडमन्टनमा स्वीकारोक्ति डीस्कोर्स सम्पन्न
एडमन्टनमा स्वीकारोक्ति डीस्कोर्स सम्पन्न
खगिन्द्रा खुसी - सोमबार १६ सेप्टेम्बर २०२४