मेरो साथी म मात्रै।

दिलिप घिमिरे · जेठ २०, २०८२ १०:१० PM
Cover Image for News

मेरो साथी म मात्रै। – कर्ण गुरुङ 

म !
 मेरो संसार म आफैँ,
 मेरो आफ्नै मान्छे पनि म मात्रै।
 जुन दिन म आफैँलाई बनाउँछु,
 त्यो दिन मेरो संसार बनाउँछु।
 त्यसैले मेरो प्रयास,
 हरेक क्षण मलाई बनाउनु हो।
 आफूभित्रको दुर्बलता हटाउन,
 आफैँलाई निखार्छु।
 म आफैँलाई जिताउन,
 म आफैँलाई आँट, हौसला दिन्छु।
 मेरो सफलताको राज म आफैँ हुँ।
 अरूले ताली बजाउन् वा गाली दिउन्,
 मलाई केही फरक पर्दैन।
 किनकि मेरो जिम्मेवारी म आफैँ लिन्छु।
 मेरो विश्वास र भरोसा पनि म आफैँ गर्छु।
 म ! कहिल्यै कसैलाई गुनासो गर्दिनँ।
 मेरो वर्तमान र भविष्यको कारण म आफैँ हुँ।
 आजकल म, म आफैँलाई हँसाउँछु।
 किनकि
 मलाई खुसी बनाउने जिम्मा म आफैँ लिन्छु।
 म कहिले...कहिले रुन्छु,
 मलाई रुवाउने जिम्मा पनि म आफैँ लिन्छु।
 मलाई सुख दिने,
 दुःख दिने,
 र संघर्ष गराउने जिम्मा पनि म आफैँ लिन्छु।
 हो ! यो संसारमा
 मेरो लागि म बाहेक अरू कोही छैन।
 मेरो हरेक दिनका कर्महरू,
 मैले गर्ने धर्महरू,
 र आस्थाको जिम्मा, म आफैँ लिन्छु।
 हरेक पलको साँचो साथी म आफैँ हुँ।
 सत्य के हो भने,
 यो संसारमा मेरो लागि म मात्रै हुँ।
 म !
 म आफैँलाई खुवाउँछु,
 म आफैँलाई नुहाउँछु,
 सफा पनि म आफैँ गर्छु।
 के सोच्छु,
 के बोल्छु,
 र के गर्छु,
 त्यो सबैको जिम्मा पनि म आफैँ लिन्छु।
 म जीवनमा जे बन्न चाहन्छु,
 त्यसको जिम्मेवारी पनि म आफैँ लिन्छु।
 र जे गर्छु, जे बन्छु,
 त्यो सबै म आफैँ गर्छु।
 त्यसैले म भन्छु —
 मेरो लागि, मेरो संसार “म आफैँ !”
 मेरो आफ्नै मान्छे पनि म मात्रै।
 र जुन दिन म आफैँलाई बनाउँछु,
 त्यो दिन मेरो संसार बनाउँछु।
 किनकि
 मेरो साँचो साथी म मात्रै !
 म जे सोच्छु, म त्यही बन्छु।

ट्यागहरू:
विश्व कला साहित्य
टिप्पणीहरू
User
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस गर्नुहोस्।
सम्बन्धित पोस्टहरू
गहनता  ‎
गहनता ‎
सचिन अधिकारी - शुक्रबार १२ डिसेम्बर २०२५
प्रिय जेन्जी र आक्रोश!
प्रिय जेन्जी र आक्रोश!
अन्जना न्यौपाने - सोमबार १० नोभेम्बर २०२५
म तिम्रो बागी हुँ !
म तिम्रो बागी हुँ !
देशु वनेम - सोमबार १० नोभेम्बर २०२५
खरानीको आत्मकथा !
खरानीको आत्मकथा !
कवि डाक्टर नवराज लम्साल - आइतबार ९ नोभेम्बर २०२५