कृतिले बद्लेको दृष्टि: विद्वान् रन्धोज नेम्बाङदेखि हिम्मत नेम्बाङसम्म

मिना अधिकारी पोष्ट-दिलिप घिमिरे · असोज ६, २०८३ ३:२१ PM
Cover Image for News

कृतिले बद्लेको दृष्टि: विद्वान् रन्धोज नेम्बाङदेखि हिम्मत नेम्बाङसम्म 

                        -मिना अधिकारी 

मायाको चिनो, उपहारस्वरूप, दिनु भो भाइले
 समाली राखे,हृदय भित्र , सधैँ नै प्रेमले ।
 पुस्तक जस्तो,अनमोल चिज ,अरु पो के छ र
 के के छन् भित्र,पढ्ने छु मैले, ध्यानमग्न भएर ।।
 

यो पुस्तक पढ्न खोजेको धेरै दिन भएको थियो ।मलाई सम्झिएर लेखकको हातबाट २०८३ भदौ १४ गते साहित्य चौतारीको हलमा दिनुभयो । तँ चिता मात्र न मँ पुर्याउँछु भने झैँ मेरो पढ्ने धोको पुरा भएको छ । 

विद्वान् रन्धोज नेम्बाङ ( रङसाङ ) मुन्धुम तथा किराँत ज्योतिष शास्त्रका प्रतिपादकको बारेमा सर्जक हिम्मत नेम्बाङले उहाँको जीवनी लेखेर जिउँदो इतिहास बनाउनु भएको छ । यसको प्रकाशक सुनिता कुमाल नेम्बाङ / मुद्रण बुद्ध अफसेट प्रेस/ लेखकले आफ्नी आमा रनमाया साम्बाहाम्फेलाई यो कृति समर्पित गर्नुभएको छ ।

जीवनका रङ्ग भर्ने हातहरु पत्थरमा जीवन खोज्ने हत्केलाहरुले कलम चलाएर एउटा भुल्नै नहुने महान व्यक्तिको जीवनी वर्तमान र भावी पुस्ताका लागि यो कृति महत्वपूर्ण यथार्थवादी सत्यतामा आधारित जिउँदो इतिहास बोकेको जीवनी लेख्नुभएको छ । 

हिम्मत नेम्बाङले आफ्नो ललितकला सिर्जना र व्यवसाय समाल्दै लेखिएको यो जीवनी लेखकका हजुरबुबा हुनुहुन्छ रन्धोज नेम्बाङ। शिखर स्रष्टा युग पुरुष, बहुप्रतिभाशाली प्रखर योद्धा, अथक परिश्रमी, बहु आयामिक व्यक्तित्व प्रकाण्ड
 विद्वानका नाति हिम्मत नेम्बाङ पनि हजुरबा जस्तै खाली हात नबस्ने मेहनती लगनशील ललितकला सिर्जना गर्दै साहित्य लेखनमा आफ्नो अग्रसरता देखाएर एउटा राम्रो दस्तावेज लेख्नुभयो । 

यो कृति पढ्दै जाँदा सायद हिम्मत नेम्बाङले हिम्मत गरेर नै छिनो, मार्तौल, कुची र रङ्ग समाउने हातले जीवनी लेखनमा अग्रसरता देखाएर लेख्नुभएको छ । आफ्ना बाउ बाजेको पितृ प्रसादको छिटा परेर नै त होला भन्ने लाग्यो मलाई । 

पहिलेका मान्छे प्रकृति प्रेमी थिए भने अहिलेका मान्छे प्रविधि प्रिय छन् । आफुसँग भएको दिमाग प्रविधिमा नै खर्च हुँदैछ ।
 महागुरु फाल्गुनन्दले ८ वर्षको बालक‌ रन्धोजलाई विश्वासिलो  चेलोको रुपमा स्वीकार्दै अँध्यारो गुफामा अनमोल ज्ञान दिनुभयो । लक्ष्य प्राप्तिका लागि सङ्घर्षरत रहँदा धेरै चुनौती आउन सक्छन् । त्यो बेलामा आफूले आफूलाई हटेर होइन डटेर परीक्षा पूरा गर्छु भन्दै रन्धोजले विभिन्न विषयमा शिक्षा हासिल गर्दै ज्योतिष गणितीय विज्ञान शास्त्र लिपि आविष्कारक समाजसेवी बन्नु भयो । 

एक आपसमा सहयोगी भाव राख्दा नै सबैको कल्याण हुन्छ भन्ने सोचका धनी नेम्बाङले ज्योतिष कुण्डलीद्वारा आफ्नै मृत्युको घोषणा गर्नुभएको थियो भनिन्छ । जीवनमा सही आनन्द लिनका लागि आर्थिक स्थिति भन्दा मानसिक स्थिति सही हुनुपर्छ भन्ने मान्यतालाई आत्मसात गर्नुभयो ।

"खुसी भनेको विलासी जीवन होइन खुसी भनेको त मेहनत परिश्रम र सिर्जनशीलताले भरिएको सक्रिय र क्रियाशील जीवन हो । " ( हिम्मत नेम्बाङ ) का हजुरबुबाले मेहनत गरेर विश्वमा सुनौलो नाम रोशन पारेर जानुभयो उहाँका कृतिहरु उहाँले दिनुभएका योगदानहरु नेपाल लगायत विश्वभरिका मान्छेले सम्झिरहने छन् तेस्तै गरेर रन्धोजका नाती हिम्मत नेम्बाङले पनि आफ्ना हजुरबुबाको बिडो थाम्दै हुनुहुन्छ । तेसैले लेखकले लेख्न कहिल्यै पनि थाक्न हुँदैन भन्ने यो एउटा लेखकहरुका लागि दह्रो प्रेरणाको स्रोत पनि हो । धेरै कुराको प्रेरणा दिएको छ यो पुस्तकले । पढेपछि पो थाहा भयो गुरु रन्धोजको बारेमा । 

हिजो हिम्मत नेम्बाङलाई साधारण एउटा लिम्बू केटो ढुङ्गालाई मूर्ति बनाएर आफ्नो व्यवसाय समाल्दै साहित्यिक कार्यक्रममा भाग लिएर साहित्यलाई माया गर्ने जस्तो मात्र लाग्थ्यो ।यो पुस्तक पढिँसकेपछि म होइन , मेरो मन नै पुरै परिवर्तन भयो । यत्रो १८ वर्ष लागि परेर‌ मधेस, पहाड ,सिक्किम ,गान्टोक, गाउँ ,शहर ,कुना कन्दरा  घुम्दै खोज अनुसन्धान टिपोट गर्दै जिन्दगीका हरेक दु:खका काँडा पन्साउँदै यो कृति जन्माउन सफल हुनुभयो नेम्बाङ । 

समाजमा विद्यमान विचार भावनालाई सही तरिकाले ‌जसले‌ आत्मसात गर्छ त्यो नै साहित्य हो । साहित्यमा मानवीय  भावनाका कुरा हुन्छन् । मानव जीवन भावनाले नै उसलाई हरेक कार्यतर्फ अग्रसर गराउँछ उसका इच्छा भावना र सपना हुन्छन् तिनैको अभिलेख हो साहित्य । यस्तै सन्तान सबैका हुन् । मान्छेले पुस्तक निकाल्न हतार गर्छन् र फुर्सदमा पछुताउछन् म लेखिका पनि धेरै कुरामा पछुताएकी छु ।तर हिम्मत नेम्बाङले अठार पुराण लेखे जस्तै अठार वर्ष खोज अनुसन्धान टिपोट तयार गरेर कृति प्रकाशित गर्नुभएको छ । 

साहित्यमार्फत आफ्ना पिता पुर्खाको दस्तावेज लेख्नुहुने हिम्मत नेम्बाङलाई कोटी- कोटी नमन छ मेरो । विद्वान् रन्धोज नेम्बाङका नाती मूर्धन्य लेखकलाई हार्दिक बधाई तथा यो भूगोल भरिको शुभकामना।
          ©

ट्यागहरू:
साहित्य #पर्यटन साहित्य #जीवनी
टिप्पणीहरू
User
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस गर्नुहोस्।
सम्बन्धित पोस्टहरू
इन्द्रेनी प्रकाशन असमको लाइब्रेरीमा 'चिया गफ'
इन्द्रेनी प्रकाशन असमको लाइब्रेरीमा 'चिया गफ'
दिलिप घिमिरे - मङ्गलबार २४ फेब्रुवरी २०२६
कवि गणेश निराैलाकाे "कनाटा कैरन" पढेपछि
कवि गणेश निराैलाकाे "कनाटा कैरन" पढेपछि
समीक्षक प्रकाश न्यौपाने पोष्ट-दिलिप घिमिरे - बिहिबार १५ जनवरी २०२६