किरातीम्मा बोजू

सुमित्रा वाङ्देल चेली पोष्ट-दिलिप घिमिरे · भदौ १९, २०८१ १०:०५ PM
Cover Image for News

किरातीम्मा बोजू  
               -सुमित्रा वाङ्देल चेली 
मानव उद्गम थलो
मेहेन्जोदारो हरप्पा
सिन्धुघाटी सभ्यता
अलाप्दै मुन्धुमी ऋचा
बोजू कसरी रचायौ ?
थि‚ आराखाको प्रयोगशाला र बनायौ मर्चा ?
कुन–कुन जडीबुटी कहाँ–कहाँ पाइन्छ ?
कुन जडीलाई कुन अन्न चाहिन्छ ?
बोजू ‚ कसरी पत्ता लगायौ? यस्तो अचुक औषधी
जसले कुहिन्न अन्न‚बदलिन्छ अर्कै रुप
बोजू न गयौ विद्यालय‚
न पढ्यौ रसायनशास्त्र
कसरी रोप्यौ कपास?
कसरी लगायौ तान?
कसरी बुन्यौ खाँडी?
कसरी जान्यौ ज्ञान?
बोजू ‚ उपभोक्तावादी बजारमा
कसले खोज्ने? तिम्रो इतिहास
मेडम क्यूरी अमर बनिन्
जित्नेको घोडा हो इतिहास
इतिहासमा बाँचिरहन्छन्
हार्नेहरू मेटिँदै जान्छन्
समयका भेलहरूमा
तर बाँचेकै छ एउटा प्रश्न
बोजू ‚ किन रोइरहेछ ?
नदी किनारमा थिबिप्मा चरा ।
                               झापा

ट्यागहरू:
साहित्य
टिप्पणीहरू
User
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस गर्नुहोस्।
सम्बन्धित पोस्टहरू
भरोसा त मलाई
भरोसा त मलाई
आभास रिखाम मगर - शनिबार ५ सेप्टेम्बर २०२६
तिमीभित्रको उज्यालो
तिमीभित्रको उज्यालो
ओसीका लिम्बू पोष्ट-दिलिप घिमिरे - शनिबार ५ सेप्टेम्बर २०२६
छोरीको पहिलो उडान
छोरीको पहिलो उडान
पातलो अन्तरे - शुक्रबार ४ सेप्टेम्बर २०२६
 आफ्नै वर्तमान  - नकुल काजी
आफ्नै वर्तमान - नकुल काजी
नकुल काजी - बिहिबार ३ सेप्टेम्बर २०२६