क्रान्तिको ‘प्रिय स्वप्नद्रष्टा’माथि प्यानल डिस्कसन

दिलिप घिमिरे · साउन १२, २०८१ १०:५५ PM
Cover Image for News

उपन्यासकार क्रान्ति पराजुलीको उपन्यास ‘प्रिय स्वप्नद्रष्टा’को विषयमा ‘प्यानल डिस्कसन गरिएको छ।

चारपानेको सामुदायिक भवनमा वीरता रिडर्स तथा नेपाल लेखक सङ्घ, झापाको संयुक्त आयोजनामा कार्यक्रमको आयोजना गरिएको थियोे ।
 कार्यक्रमको अध्यक्षता उपन्यासकारका ९३ वर्षीय हजुरबुबा  डिल्लीराम पराजुली अध्यक्षता एवम्  आख्यानकार पुण्यप्रसाद खरेलको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न गरिएको थियोे । 
 नेपाल लेखक संघका अध्यक्ष कुमार भट्टराई तथा वीरता रिडर्सका संयोजक तीर्थ सिग्देलले संयुक्त सन्चालन गरेका थिए ।
 विशिष्ट आतिथ्य शिवसताक्षी नगरपालिकाकी उपप्रमुख नरमाया कार्की, अञ्जली अस्पतालका संचालक कुलप्रसाद खरेल, समाजसेवी नारायण राजवंशी, पत्रकार दीपिन राई, लेखक संघका सचिव समीरबाबु कट्टेल, शिक्षासेवी रामप्रसाद सिटौला, सामुदायिक भवन निर्माणका देवी गिरीलाई गराइएको थियो । 
 उपन्यासकारका पिता टङ्क पराजुलीले स्वागत मन्तव्यपछि  कार्यक्रममा उपन्यासको समूह छलफल गरिएको थियोे ।
 कार्यक्रममा वक्ताहरु प्राज्ञ सदस्य मुनाराज शेर्मा, कथाकार भूवन सुब्बा,समालोचक लेखनाथ भट्टराई र उपन्यासकार क्रान्ति  पराजुली सहभागी थिए ।
 कार्यक्रममा बहस सहजकर्ताको रुपमा  पत्रकार तीर्थ सिग्देल थिए ।
 वडो रसिलो र रोचक रुपमा प्रिय स्वप्नद्रष्टा उपन्यासको विषयमा  सामूहिक विमर्श गरिएको कार्यक्रमका प्रमुख अतिथि खरेलले बताए।

ट्यागहरू:
सहित्य
टिप्पणीहरू
User
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस गर्नुहोस्।
सम्बन्धित पोस्टहरू
कवि रवि गिरीको 'शान्तिको खोज' विमोचन
कवि रवि गिरीको 'शान्तिको खोज' विमोचन
खगिन्द्रा खुसी - शुक्रबार १९ डिसेम्बर २०२५
जगदीश घिमिरे स्मृति पुरस्कार-२०८१, २०८२घोषणा
जगदीश घिमिरे स्मृति पुरस्कार-२०८१, २०८२घोषणा
खगिन्द्रा खुसी - शुक्रबार १९ डिसेम्बर २०२५
घरदलान्को वार्षिकोत्सब सम्पन्न
घरदलान्को वार्षिकोत्सब सम्पन्न
लक्ष्मी रिजाल - शनिबार १३ डिसेम्बर २०२५