क्रिकेट

कृसु क्षेत्री पोष्ट-दिलिप घिमिरे · भदौ ६, २०८१ ८:३९ PM
Cover Image for News

क्रिकेट      
                     -कृसु क्षेत्री

 तिमी र म क्रिकेट खेल्न
 मैदानमा उत्रिएको दिन

टस जितेर
 मैले ब्याटिङ रोजें
 तिमीले फिल्डिङ

तिमी वार्म अप हुँदै गर्दा
 मैले नै गरेको हुँ
 ओपेनिङ

मैले ब्याटमा
 अलिकति क्रिम दलें
 र चिल्लो बनाएँ

कहिले क्रिजतर्फ
 कहिले आकाशतर्फ
 कहिले लेफ्टतर्फ त कहिले राइटतर्फ फर्काएर
 गरिरहें व्याटिङ

कहिले चौका हानें त कहिले छक्का
 कहिले असिनपसिन दगुरेर
 थपिरहें रनमाथि रन

तिमीले यदाकदा गयौ
 फास्ट बलिङ
 अनि स्पिन बलिङ

बल क्याच गर्न
 असिनपसिन हुँदै
 दौडिरह्यौ यताउता

बेला बेला
 मेरो बल समात्न
 विकेट किपर भएर पर्खिबस्यौ

शतक पूरा नहुँदै
 तिमीबाट बोल्ड आउट भएँ म
 र किजबाट फर्किएँ पेभिलियनमा

हाम्रो अनुहारमा
 उस्तै खुसी झल्केको थियो
 तिमीले विकेट लिँदा
 र म आउट हुँदा

हो त्यही दिन
 अर्थात् बिहाकै पहिलो दिनदेखि
 हामीले खेल्न सुरु गरेका थियौँ
 टेस्ट म्याच सिरिज ।

ट्यागहरू:
सहित्य
टिप्पणीहरू
User
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस गर्नुहोस्।
सम्बन्धित पोस्टहरू
सडकको रोदन
सडकको रोदन
कवि-कृष्ण धराबासी पोष्ट-दिलिप घिमिरे - सोमबार २० अप्रिल २०२६
म हरिण हुँ
म हरिण हुँ
कवि-दिल भूटानी, पोष्ट-दिलिप घिमिरे - आइतबार ५ अप्रिल २०२६
चाहना
चाहना
कवि कर्ण गुरुङ पोष्ट दिलिप घिमिरे - शुक्रबार ३ अप्रिल २०२६
तिर्खालु रहर
तिर्खालु रहर
कवि-राजिव आचार्य - शनिबार २१ फेब्रुवरी २०२६