क्रिकेट

कृसु क्षेत्री पोष्ट-दिलिप घिमिरे · भदौ ६, २०८१ ८:३९ PM
Cover Image for News

क्रिकेट      
                     -कृसु क्षेत्री

 तिमी र म क्रिकेट खेल्न
 मैदानमा उत्रिएको दिन

टस जितेर
 मैले ब्याटिङ रोजें
 तिमीले फिल्डिङ

तिमी वार्म अप हुँदै गर्दा
 मैले नै गरेको हुँ
 ओपेनिङ

मैले ब्याटमा
 अलिकति क्रिम दलें
 र चिल्लो बनाएँ

कहिले क्रिजतर्फ
 कहिले आकाशतर्फ
 कहिले लेफ्टतर्फ त कहिले राइटतर्फ फर्काएर
 गरिरहें व्याटिङ

कहिले चौका हानें त कहिले छक्का
 कहिले असिनपसिन दगुरेर
 थपिरहें रनमाथि रन

तिमीले यदाकदा गयौ
 फास्ट बलिङ
 अनि स्पिन बलिङ

बल क्याच गर्न
 असिनपसिन हुँदै
 दौडिरह्यौ यताउता

बेला बेला
 मेरो बल समात्न
 विकेट किपर भएर पर्खिबस्यौ

शतक पूरा नहुँदै
 तिमीबाट बोल्ड आउट भएँ म
 र किजबाट फर्किएँ पेभिलियनमा

हाम्रो अनुहारमा
 उस्तै खुसी झल्केको थियो
 तिमीले विकेट लिँदा
 र म आउट हुँदा

हो त्यही दिन
 अर्थात् बिहाकै पहिलो दिनदेखि
 हामीले खेल्न सुरु गरेका थियौँ
 टेस्ट म्याच सिरिज ।

ट्यागहरू:
सहित्य
टिप्पणीहरू
User
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस गर्नुहोस्।
सम्बन्धित पोस्टहरू
प्रिय जेन्जी र आक्रोश!
प्रिय जेन्जी र आक्रोश!
अन्जना न्यौपाने - सोमबार १० नोभेम्बर २०२५
म तिम्रो बागी हुँ !
म तिम्रो बागी हुँ !
देशु वनेम - सोमबार १० नोभेम्बर २०२५
खरानीको आत्मकथा !
खरानीको आत्मकथा !
कवि डाक्टर नवराज लम्साल - आइतबार ९ नोभेम्बर २०२५
कोल्पुको कलकल तीरमा
कोल्पुको कलकल तीरमा
कलानिधि दाहाल पोष्ट- खगिन्द्रा खुसी - मङ्गलबार ४ नोभेम्बर २०२५