जवाफ दिऊँ अब
जवाफ दिऊँ अब केकेलाई गनेर
कसरी भनूँ म जिउँदो छु भनेर
केवल मुटु चल्नु जीवनको चिन्ह होइन
त्यसै बाँचिरहनु जीवन हुँदै होइन
केके गरेँ मैले केही लेखा छैन
जवाफ दिऊँ अब केकेलाई गनेर
चल्नु जीवन भए, घडी जिउँदो हुन्थ्यो
देखिनु बाँच्नु भए, लास बाँच्या हुन्थ्यो
जीवन खोई कहाँ छ, भेट्न नै गाह्रो भो
जवाफ दिऊँ अब केकेलाई गनेर
गीत
- सानु शर्मा
ट्यागहरू:
सहित्य
literature
puraskar
svikarokti
nepalisahitya
टिप्पणीहरू
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस
गर्नुहोस्।
सम्बन्धित पोस्टहरू
गीतकार टीका भट्टराई नेपालद्वारा लिखित तीजगीत सार्वजनिक
खगिन्द्रा खुसी - शनिबार २२ अगष्ट २०२६
गीत
विवश बलिभद्र कोइराला पोष्ट दिलिप घिमिरे - शुक्रबार १४ अगष्ट २०२६
गीत
शिशिर भट्टराई पोष्ट-दिलिप घिमिरे - सोमबार ६ अप्रिल २०२६
मेरा गीतहरू.....
टीका भट्टराई नेपाल - शुक्रबार ७ नोभेम्बर २०२५