इलाममा साहित्यकार होम सुवेदी र खोलाघरे साहिँलो सम्मानित

१७ भदौ २०८१ इलाम। इलाममा आज स्रष्टा सम्मान, कृति लोकार्पण तथा रचना वाचन कार्यक्रम सम्पन्न भएको छ । बुद्धि प्रसाद घिमिरे स्मृति प्रतिष्ठानको आयोजनामा सम्पन्न भएको सो कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष इन्द्र नारायण सुवेदीको सभाध्यक्षता तथा आख्यानकार पुण्य प्रसाद खरेलको प्रमुख आतिथ्य रहेको थियो ।
युवाकवि मोतीराम भट्टको १५९ औं स्मृति दिवसको अवसर पारेर गरिएको कार्यक्रममा कवि पवित्रा घिमिरे, तुलसा पोख्रेल, प्रवेश निषेध, शारदा उप्रेति, फिक्कलका स्रष्टा देवी प्रसाद गौतम, प्रतिभा पौडेल, नुरज भट्टराई नदी, गणेश निरौला, प्रकाश थाम्सुहाङ, बिमल वैद्य, कुल प्रसाद ढकाल, लगायत झापा तथा इलामका विभिन्न स्रष्टाहरूले कविता वाचन गरेका थिए । सम्मानित स्रष्टाहरुको तर्फबाट स्रष्टा खोलाघरे साहिँलोले मन्तव्य राखेका थिए । कार्यक्रममा कुमार पोख्रेल, शिव कुमार पौडेल, डा. देवी क्षेत्री दुलाल, वरिष्ठ पत्रकार चन्द्र भण्डारीद्वारा मन्तव्य राखिएको थियो । मन्तव्यका क्रममा भन्डारीद्वारा धेरै जसो श्रीमान् लेखक भएका महिलाहरुलाई श्रीमान्ले लेखिदिएको हो कि भन्ने शंका गरिन्छ यो महिलाप्रति गरिएको अपमान हो भन्दै टीका घिमिरे एक सशक्त लेखक स्रष्टा हुन् भन्ने धारणा राखिएको थियो भने प्रमुख अतिथि खरेलद्वारा छन्दका कविता विशेष गरेर लयात्मक रुपमा वाचन गरेको समयमा प्रभावकारी हुने भन्दै टीका घिमिरेका कविता अत्यन्तै गहिरो भाव बोकेका मनलाई छुने खालका हुने र पढ्दा र सुन्दा भावुक बनाउने हुन्छन् भन्ने धारणा ब्यक्त गरिएको थियो । स्रष्टा जीवन शर्माद्वारा सन्चालन गरिएको कार्यक्रम अरनिको सङ्ग्रहालय इलामको सभाहलमा सम्पन्न भएको थियो । जीवन शर्माद्वारा सन्चालन गरिएको कार्यक्रम




