हिन्दी सिनेमाका चर्चित अभिनेता नाना पाटेकरको निधन

खगिन्द्रा खुसी · असोज २२, २०८३ २:०९ PM
Cover Image for News

२२ असोज, झापा । हिन्दी सिनेमाका चर्चित अभिनेता नाना पाटेकरको निधन भएको छ । असोज २२ गते बिहान ५ बजेर २० मिनेटमा (कार्डियक अरेस्ट) अचानक मुटुको धड्कन वन्द भएर निधन भएका पाटेकर हाल ७५ वर्षका थिए । 

नाना पाटेकर हिन्दीका मात्रै नभएर मराठी सिनेमाका समेत  चर्चित अभिनेतामध्ये एक थिए । उनी अभिनेता मात्र थिएनन्, फिल्म निर्माता, निर्देशक तथा लेखकका रूपमा पनि स्थापित थिए । उनको जन्म १ जनवरी १९५१ मा महाराष्ट्रको मुरुड–जञ्जिरामा जन्मिएका नाना पाटेकरले सन् १९७८ मा आएको फिल्म ‘गमन’बाट हिन्दी सिनेमामा पाइला राखेका थिए । सुरुवाती चरणमा उनले मराठी र हिन्दी दुवै फिल्ममा काम गरे । सन् १९८८ मा मिरा नायरको ‘सलाम बम्बे !’मा उनको कामले प्रशंसा पायो । उनले अभिनय गरेका सिनेमा मध्ये ‘अंकुश’, ‘प्रतिघात’, ‘प्रहार’, ‘तिरंगा’, ‘क्रान्तिवीर’, ‘अग्निसाक्षी’, ‘खामोशी : द म्युजिकल’, ‘अब तक छप्पन’, ‘अपहरण’, ‘राजनीति’, ‘वेलकम’ र ‘वेलकम ब्याक’ उनका चर्चित छन् ।

गम्भीर र दमदार भूमिकामा आफूलाई प्रमाणित गरेका उनले हास्य तथा व्यावसायिक फिल्ममा पनि उत्तिकै प्रभाव छाडे । ‘वेलकम’मा उदय शेट्टीको भूमिकाले उनको अर्को पक्ष दर्शकमाझ लोकप्रिय बनायो ।

नाना पाटेकर सन् २०२६ को फेब्रुअरीमा रिलिज भएको विशाल भारद्वाजको रोमान्टिक एक्सन थ्रिलर फिल्म  ओ’रोमियोमा देखिएका थिए । 

 

ट्यागहरू:
svikarokti nepalisahitya story
टिप्पणीहरू
User
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस गर्नुहोस्।