घरदलानको ८२औँ शृंखला सम्पन्न

Khagendra Khushi · असोज २५, २०८२ ९:१७ PM
Cover Image for News

घरदलान कार्यक्रम अन्तर्गत आज झापा बुद्धशान्तिको बुधबारेमा एक साहित्यिक कार्यक्रम सम्पन्न भएको छ ।  मासिक रुपमा सम्पन्न हुँदै आएको घरदलानको ८२औँ श्रृंखला कार्यक्रममा स्थानीय दुई दर्जन बढी स्रष्टा सर्जकहरुले कविता, गजल तथा गीत गायन प्रस्तुत गरेका थिए ।

फोटो
अग्रज व्यक्तित्व शिवकुमार पौडेलको सभाध्यक्षता तथा स्रष्टा खगिन्द्रा खुसीको प्रमुख आतिथ्यमा सम्पन्न भएको कार्यक्रममा पत्रकार तथा समीक्षक भुवन तामाङ्गले स्रष्टा रश्मीशेखर सुवेदीको उपन्यास जोहिनाको समीक्षा गर्नुभएको थियो । व्यक्तिको घर घरमा पुगेर गरिने घरदलानको यस श्रृंखलालाई स्रष्टा जय भण्डारीले आयोजना गर्नुभएको थियो । जय भण्डारीकै सन्चालन रहेको कार्यक्रमलाई यदु भण्डारीले स्वागत गर्नुभएको थियो ।
फोटो
कार्यक्रममा गणेश निरौला, वेनु पनेरु, टंक विकल्प, लक्ष्मी रिजाल, पुष्प काफ्ले,शान्ता श्रेष्ठ, नितु मगर, प्रकाश न्यौपाने, प्रचुर अभाव, कमल कोइराला, दिव्या निरौला, बाल कवि लगना घिमिरे, प्रकृति निरौला, रुपक आचार्य  लगायतले आफ्ना गीत गजल कविताहरु प्रस्तुत गरेका थिए । साथै अतिथी स्रष्टा टीका भट्टराई नेपालले गीत तथा गीता सुवेदी नेपालले गजल गर्नुभएको थियो ।
फोटो

ट्यागहरू:
सहित्य कविता literature samachar
टिप्पणीहरू
User
शिवकुमार पौडयाल
एक दिन अगाडि

घरदलान साहित्यको ८ २औं श्रृंखलामा उपस्थित भएर कार्यक्रमको गरिमा बढाइदिनुभएकोमा प्रमुख अतिथि स्रष्टा ख गिन्द्रा खुशी ' गीतकार टीका भट्टराई नेपाल . कवि तथा गजलकार गीता सुवेदी नेपाल ज्यूमा हार्दिक बधाई । नक्युवाहरु को सहभाशीता सहित विविध विधा हरु सामेल गरी मनाइने यो कार्यक्रम अरुभन्दा फरक छ । साथै प्रत्येक वर्ष एक एकवटा सामाथिक संकलन पनि प्रकाशन गरिदै आइएको छ । यो समाचार संप्रेषण गर्नुहुने स्रष्टा खुशीजीमा हार्दिक बधाई । मूल्यांकन यहाँहरुको ' धन्यवाद ।