गायिका सृष्टि हिङमाङलाई ´मनमाया स्मृति संगीत पुरस्कार`

दिलिप घिमिरे · वैशाख ५, २०८३ ९:५० AM
Cover Image for News

झापा ५ बैशाख /गायिका सृष्टि हिङमाङलाई´मनमाया स्मृति संगीत पुरस्कार २०८३´ प्रदान गरिने भएको छ। 
मनमाया बान्तावा स्मृति प्रतिष्ठानले यस वर्ष गायिका सृष्टि हिङ्माङलाई २० हजार ५ रूपैयाँ नगद राशीको ‘मनमाया स्मृति संगीत पुरस्कार २०८३’ बाट पुरस्कृत गर्ने भएको छ ।प्रतिष्ठानका संरक्षक साहित्यकार विराट किरातीले शुक्रबार जारी गरेको विज्ञप्तिमा सो बारे जानकारी गराइएको हो ।

‘लामो समयदेखि संगीतको विकास र उन्नयनका निम्ति अमूल्य योगदान गर्नुहुने सृष्टि हिङ्माङज्यूलाई ‘मनमाया स्मृति संगीत पुरस्कार २०८३’ बाट पुरस्कृत गर्ने निर्णय भएको कुरा सहर्ष जानकारी गराउँदछौँ’, विज्ञप्तिमा उल्लेख छ ।

उर्लाबारी नगरपालिका मोरङ निवासी हिङ्माङ बहुचर्चित गीतकी `पूर्वै रमाइलो´गायिका हुन्।उनका थुप्रै गीतहरु रेकर्ड भइसकेका छन्।

`कला,साहित्य र संगीतमा समर्पित´मनमाया बान्तावा स्मृति प्रतिष्ठान शिवसताक्षी नपा.-१, धरमपुर,झापामा२०७५ सालमा स्थापित संस्था हो।छोराहरू साहित्य स्रष्टा विराट किराँती,शिव किराँती र निहाङ किरातीले ममतामयी आमा मनमाया बान्तावा “रुछेङबुङ" को स्मृतिमा मनमाया बान्तावा स्मृति प्रतिष्ठान स्थापना गरी प्रतिष्ठानद्वारा हरेक वर्ष साहित्य / कला / संगीत मध्ये एकजना विशिष्ट व्यक्तिलाई मनमाया
बान्तावा स्मृति पुरस्कार २०७५ सालदेखि प्रदान गरिदै आएको छ। 

यस अघि कविता नेपाल (कला),प्रकाश थाम्सुहाङ (साहित्य), रोहित खपाङ्गी (संगीत),कविता राई गाउँले(साहित्य),बिमला तुम्खेवा(साहित्य), काङमाङ नरेश राई (साहित्य) श्याम सिंघक (साहित्य) पुरस्कृत भइसकेका छन् ।

नगद र सम्मान पत्रसहितको यो पुरस्कार आगामी जेठ १६ गते शनिबार स्वर्गीय माता मनमाया बान्तावाको १२ औँ पुण्य तिथिमा नवनासो साहित्य प्रतिष्ठान शिवसताक्षी-१,धरमपुरको सभाहलमा एउटा भव्य कार्यक्रमको आयोजना गरि पुरस्कार वितरण गरिने मनमाया बान्तवा स्मृति प्रतिष्ठानका अध्यक्ष गजलकार निहाङ किराँतीले बताए।

ट्यागहरू:
साहित्य कला र संस्कृति
टिप्पणीहरू
User
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस गर्नुहोस्।