गजल - मान्छे म
कहिले कसो सबैले मन पराएको मान्छे म
सपनै सपनाको संसारमा हराएको मान्छे म ।
अहिले मलाई लाग्छ, आफ्नै जीन्दगी निस्सार
कुनै दिन भाइ भतिजालाई चराएको मान्छे म ।
खै किन छट्पटीन्छु अचेल बार बजे राति पनि ?
कुनै समय दिन्मै मस्तसँग उगराएको मान्छे म ।
कति सारो अल्छि बनायो यो सहरले मलाई
गाउँमा छदा भिर-पहरा फराएको मान्छे म ।
आफै अन्यायमा पर्दा कसरी चुप्चाप बस्न सकेको ?
कुनै बेला अरुको न्यायका लागि कराएको मान्छे म।
उदीयमान गजलकार
लेखक :- टिकाराम कार्की (बगर)
बेलबारी-५, मोरङ्ग
ट्यागहरू:
सहित्य
गजल
literature
svikarokti
nepalisahitya
टिप्पणीहरू
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस
गर्नुहोस्।
सम्बन्धित पोस्टहरू
रात्री आकाश" गजल कृतिको लोकार्पण एवम वालिङ गजल उत्सव- २०८२ सम्पन्न ... !
दिलिप घिमिरे - शनिबार २७ डिसेम्बर २०२५
शेखर कोइरालाको गजल 'प्रीया'
शेखर कोइराला पोष्ट - खगिन्द्रा खुसी - शुक्रबार २१ मार्च २०२५
कृष्ण काश्यपको गजल
कृष्ण काश्यप पोष्ट-दिलिप घिमिरे - बिहिबार १९ डिसेम्बर २०२४
सुधिर थापाको गजल
सुधिर थापा पोष्ट- खगिन्द्रा खुसी - सोमबार ९ डिसेम्बर २०२४