गजल - मान्छे म

टिकाराम कार्की (बगर) पोष्ट - खगिन्द्रा खुसी · असोज २३, २०८१ ११:३२ PM
Cover Image for News



कहिले कसो सबैले मन पराएको मान्छे म 
सपनै सपनाको संसारमा हराएको मान्छे म ।

अहिले मलाई लाग्छ, आफ्नै जीन्दगी निस्सार
कुनै दिन भाइ भतिजालाई चराएको मान्छे म ।

खै किन छट्पटीन्छु अचेल बार बजे राति पनि ? 
कुनै समय दिन्मै मस्तसँग उगराएको मान्छे म ।

कति सारो अल्छि बनायो यो सहरले मलाई 
गाउँमा छदा भिर-पहरा फराएको मान्छे म ।

आफै अन्यायमा पर्दा कसरी चुप्चाप बस्न सकेको ?
कुनै बेला अरुको न्यायका लागि कराएको मान्छे म।

उदीयमान गजलकार
लेखक :- टिकाराम कार्की (बगर) 
             बेलबारी-५, मोरङ्ग

ट्यागहरू:
सहित्य गजल literature svikarokti nepalisahitya
टिप्पणीहरू
User
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस गर्नुहोस्।
सम्बन्धित पोस्टहरू
गजल - श्रेष्ठ प्रिया पत्थर
गजल - श्रेष्ठ प्रिया पत्थर
श्रेष्ठ प्रिया पत्थर - मङ्गलबार १३ अक्टोबर २०२६
शेखर कोइरालाको गजल 'प्रीया'
शेखर कोइरालाको गजल 'प्रीया'
शेखर कोइराला पोष्ट - खगिन्द्रा खुसी - शुक्रबार २१ मार्च २०२५
कृष्ण काश्यपको गजल
कृष्ण काश्यपको गजल
कृष्ण काश्यप पोष्ट-दिलिप घिमिरे - बिहिबार १९ डिसेम्बर २०२४