गजल
उस्को नजिक हुन्छु ,तिमी याद आउँछौ
जब उस्लाई छुन्छु ,तिमी याद आउँछौ
घरको याद आयो ,भनी उस्लाई ढाँट्दै,
तिम्रै यादमा रुन्छु ,तिमी याद आउँछौ
अरुको के कुरा र ,स्वयं उहिबाट
तिम्रै बखान सुन्छु,तिमी याद आउँछौ
बाध्यताले गला घोटदा जिउदो लास भई
वर उस्लाई चुन्छु ,तिमी याद आउँछौ
समयले दियो एउटा मनले रोज्यो अर्को,
यस्तै कथा बुन्छु तिमी याद आउँछौ।
शिवसताक्षी नगरपालिका,धरमपुर
ट्यागहरू:
सहित्य
गजल
टिप्पणीहरू
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस
गर्नुहोस्।
सम्बन्धित पोस्टहरू
रात्री आकाश" गजल कृतिको लोकार्पण एवम वालिङ गजल उत्सव- २०८२ सम्पन्न ... !
दिलिप घिमिरे - शनिबार २७ डिसेम्बर २०२५
शेखर कोइरालाको गजल 'प्रीया'
शेखर कोइराला पोष्ट - खगिन्द्रा खुसी - शुक्रबार २१ मार्च २०२५
कृष्ण काश्यपको गजल
कृष्ण काश्यप पोष्ट-दिलिप घिमिरे - बिहिबार १९ डिसेम्बर २०२४
सुधिर थापाको गजल
सुधिर थापा पोष्ट- खगिन्द्रा खुसी - सोमबार ९ डिसेम्बर २०२४