एउटा गजल
के लेखौँ र कथा यो आँसु छचल्किन्छ जब
मायाके घर आफ्नै अघि भत्किन्छ जब
तिमी बाहेक दुनियाँमा केही छैन भन्नेहरु
स्वार्थ पुर्याई उही पलभरमै बद्लिन्छ जब
तिमीलाई नै यो मुटु दिइसकेँ भन्नेहरु
त्यही मुटु अर्कैका लागि धड्किन्छ जब
तिमी जस्तै भएपनि लाखौँ छौ मेरा लागि
भन्ने मान्छे मलाई देखि तर्किन्छ जब
पर्खाईको पीडाहरु यति अनन्त छ कि
यही पर्खाइमा यो जीवन सकिन्छ जब
प्रेम राई परीक्षित
ट्यागहरू:
सहित्य
literature
svikarokti
nepalisahitya
टिप्पणीहरू
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस
गर्नुहोस्।
सम्बन्धित पोस्टहरू
रात्री आकाश" गजल कृतिको लोकार्पण एवम वालिङ गजल उत्सव- २०८२ सम्पन्न ... !
दिलिप घिमिरे - शनिबार २७ डिसेम्बर २०२५
शेखर कोइरालाको गजल 'प्रीया'
शेखर कोइराला पोष्ट - खगिन्द्रा खुसी - शुक्रबार २१ मार्च २०२५
कृष्ण काश्यपको गजल
कृष्ण काश्यप पोष्ट-दिलिप घिमिरे - बिहिबार १९ डिसेम्बर २०२४
सुधिर थापाको गजल
सुधिर थापा पोष्ट- खगिन्द्रा खुसी - सोमबार ९ डिसेम्बर २०२४