“एपेक राष्ट्रिय कविता महोत्सव” काठ्माडौँमा चाैध कविका कविता वाचन

खगिन्द्रा खुसी · साउन १३, २०८१ ७:३० AM
Cover Image for News

हिँजो श्रावण १२ गते काठमाण्डौमा “एपेक राष्ट्रिय कविता महोत्सव” सम्पन्न भएको छ । साहित्यिक गतिविधिका दृष्टिले अग्रणी संस्था एपेक नेपालले आयोजना गरेको कार्यक्रम नेपाल पर्यटन बोर्ड भृकुटीमण्डप , काठमाडौंमा सम्पन्न भएको हो । सात प्रदेशका ख्यातिप्राप्त १४ जना कविहरुद्वारा कविता वाचन गरिएको उक्त कार्यक्रममा कविहरु रेणुका जिसि- मधेश, अस्मिता वादी-कर्णाली, विपी अस्तु-लुम्बिनी, कल्पना जोशी-सुदुर पश्चिम, रोशन परियार - कोशी, लीला अनमोल-कोशी, अदीप अधिकारी-बाग्मती, अमृत-गण्डकी, अविनाश भट्टराई-मधेश, देवव्रत-सुदुर पश्चिम, यश लामा- बाग्मती, रोशन पुन-गण्डकी, भूमिका थारु-लुम्बिनी, हेमप्रकाश मञ्जिल- कर्णालीले आफ्ना एक-एक कविता वाचन गरेका थिए । 

 नेपाल एयरलाइन्सको सहकार्यमा सम्पन्न भएको उक्त महोत्सवमा ७ प्रदेशलाई प्रतिनिधित्व गर्दै आएका १४ युवा कविहरूका साथमा अभिभावक कविहरु तुलसी दिवस, राजेन्द्र शलभ, विश्वमोहन श्रेष्ठ, बाबु त्रिपाठी, तथा प्रज्वल अधिकारीका कविता समेत प्रस्तुत भएका थिए । “एपेक” नेपाल लेखक, प्रकाशक तथा सम्पादकहरूको समूह हो ! २०५५ सालमा स्थापना गरिएको साहित्यिक संस्था एपेक नेपालको भाषा  साहित्यका क्षेत्रमा लामो इतिहास रहिआएको छ ।

लेखकहरूलाई प्रोत्साहन गर्न, तिनिहरूको कृति सम्पादन एवम् प्रकाशन गर्न, विभिन्न माध्यमबाट प्रचारप्रसार गर्न र सबैको साझा साहित्यिक मञ्चको रुपमा विकास गर्ने उद्देश्यले स्थापना गरिएको एपेकको ‘एपेक राष्ट्रिय काव्य महोत्सव’लाई एक भिन्न साहित्यिक प्रस्तावना र नुतन साहित्यिक अभियानको रुपमा लिइएको छ । यसले ७ वटै प्रदेशको मौलिकता सहितको काव्यिक प्रतिबिम्ब प्रदर्शन गर्ने विश्वास लिएको कुरा बताइएको छ । 

 

ट्यागहरू:
सहित्य कविता literature news samachar
टिप्पणीहरू
User
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस गर्नुहोस्।
सम्बन्धित पोस्टहरू
चेतना प्रकाशनद्वारा स्रष्टाहरू सम्मानित
चेतना प्रकाशनद्वारा स्रष्टाहरू सम्मानित
खगिन्द्रा खुसी - सोमबार १६ सेप्टेम्बर २०२४
एडमन्टनमा स्वीकारोक्ति डीस्कोर्स सम्पन्न
एडमन्टनमा स्वीकारोक्ति डीस्कोर्स सम्पन्न
खगिन्द्रा खुसी - सोमबार १६ सेप्टेम्बर २०२४