छैन आँसु घामसँग
छैन आँसु घामसँग कसरी पो रुनु
बीचैबाट खस्छ बादल पीर केले धुनु
देख्नेलाई उज्यालो छ व्यथा आफैँसँग
भोग्नेलाई जिन्दगी भो सधैँ एकै रङ्ग
तातेपछि आफैँभित्र कसलाई कहाँ छुनु
बीचैबाट खस्छ बादल पीर केले धुनु
बिहानीमा ओठ हाँस्छ गुराँसको लाली
बित्दै जाँदा दिन हुन्छ सबै खालीखाली
पन्छिएर बस्छन् सबै कसलाई आफ्नो भनूँ
बीचैबाट खस्छ बादल पीर केले धुनु
गीत
- गीता त्रिपाठी
ट्यागहरू:
सहित्य
literature
puraskar
svikarokti
nepalisahitya
टिप्पणीहरू
Rameshananda Vaidya
एक बर्ष अगाडि
भावुक भएँ।
सम्बन्धित पोस्टहरू
गीतकार टीका भट्टराई नेपालद्वारा लिखित तीजगीत सार्वजनिक
खगिन्द्रा खुसी - शनिबार २२ अगष्ट २०२६
गीत
विवश बलिभद्र कोइराला पोष्ट दिलिप घिमिरे - शुक्रबार १४ अगष्ट २०२६
गीत
शिशिर भट्टराई पोष्ट-दिलिप घिमिरे - सोमबार ६ अप्रिल २०२६
मेरा गीतहरू.....
टीका भट्टराई नेपाल - शुक्रबार ७ नोभेम्बर २०२५