चाे?लुङ पार्कमा वृहत् साहित्य महाेत्सव सम्पन्न

दिलिप घिमिरे · चैत २२, २०८१ ६:४५ PM
Cover Image for News

 
आज तेह्रथुमको बसन्तपुर पर्यटकीय स्थल चाे?लुङ पार्कमा भव्य साहित्य महाेत्सव सम्पन्न गरिएको छ । 

महाेत्सव चर्चित कवि श्रवण मुकारुङको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो।आफ्नो भाषा,साहित्य कला र संस्कृति संरक्षणमा लालीगुराँस नगरपालिकाका मेयरले विश्वमा नेपाललाई चिनाउन गरेको उदाहरणीय कार्य प्रशंसा योग्य रहेको प्रमुख अतिथि मुकारुङले बताए । 

लालीगुराँस नगरपालिकाका मेयर अर्जुनबाबु माबोहाङको अध्यक्षतामा भएको कार्यक्रममा देशका चर्चित कविहरुको बाक्लो उपस्थिती रहेको थियो । 

याक्थुङ मुन्धुम र इतिहासका खाेजकर्ता एवम् लेखक समेत रहेका मेयर माबोहाङले ०७५ मा स्थापित भएको चाे?लुङ पार्कलाई थप प्रबर्द्धनका लागि वृहत् साहित्य महोत्सव गरिएको बताए ।
 स्मरण रहोस्  ‘चाे?लुङ पार्क आदिवासी याक्थुङ समुदायको पहिचान, सँस्कृति र सभ्यता झल्काउने पार्क हाे । यसले आदिवासी र स्थानीय समुदायकाे पहिचानलाई झल्काएकाे छ । 

केही साताअघि मात्रै अमेरिकाको न्यूयोर्कबाट प्रकाशन हुने टाइम म्यागेजिनले सन् २०२५ को पर्यटकीय गन्तव्य १०० को सूचीभित्र ४२ ओैँ स्थानमा चो?लुङ पार्कलाई पनि राखेको छ ।
 पूर्वमा सांस्कृतिक तथा धार्मिक पर्यटनकाे विकासकाे केन्द्र बनाउन, याक्थुङ लिम्बु जातिकाे आदिम सावा येहाङ सभ्यताकाे पुनर्ताजकीकरण गर्न चाे?लुङ पार्क निर्माण गरिएको नगरपालिकाले जनाएको छ । 
 
मेयर माबुहाङको कविताबाट कविता वाचन कार्यक्रमको शुरु गरिएको कार्यक्रममा अन्य २४ कविहरूले सिर्जना वाचन गरेका थिए। 

 पछिल्लो समय ख्याति कमाएको देशका प्रतिष्ठित कवि,साहित्यकारहरू देवान किराती,हाङयुग अज्ञात,अरुण बराल, प्रकाश थाम्सुहाङ,लीला अनमाेल, सुन्दर कुुरुप,अभागी थेगुबा,अमित थेबे, डा. अस्मिता विष्ट, नवराज पराजुली, दीपक सापकोटा, राजकुमार सुब्बा ‘अनिश्चित’गिरिराज  बाँस्कोटा, दिलिप घिमिरे लगायतले शनिबार चाे?लुङ पार्कमा आ-आफ्नो सृजना वाचन गरेका थिए ।
याक्थुङ लिम्बु देवारीहरू फेदाङ्बा, साम्बा, येबा/येमा काे परम्परागत तङसिङ (उत्रने) संस्कारकाे लागि मुन्धुम प्रशिक्षण लगाएतका कार्यक्रमहरु पाठ्यक्रम बनाएर गर्ने र यसका लागि चाे?लुङ पार्क प्रयाेगशाला हुने लक्ष्य छ । पार्कभित्र पुस्तकालय, युमा संग्राहलय खाेलिएकाे छ ।
 पछिल्लो समय हजारौंले यो पार्ककाे अवलोकन गरिरहेका छन् । 

 लालीगुराँसकाे राजधानी भनेर चिनिने तीनजुरे-मिल्के-जलजले (टीएमजे) यस क्षेत्रमा २८ प्रजातिका गुराँस फुल्छन् ।यस क्षेत्रलाई नगरपालिकाले समेत संरक्षण गरिरहेकाे प्रमुख प्रशासकीय अधिकृत सन्तोष घिमिरेले जानकारी दिए।
 कार्यक्रममा अधिकृत घिमिरेको स्वागत मन्तव्य थियो भने सञ्चालन लिला अनमोलको रहेको थियो ।

ट्यागहरू:
साहित्य #पर्यटन साहित्य #
टिप्पणीहरू
User
युवराज घलेभाइ
६ महिना अगाडि

कार्यक्रम सफलताको हार्दिक शुभकामना।

सम्बन्धित पोस्टहरू
 ‘धरणी’ सार्वजनिक
‘धरणी’ सार्वजनिक
दिलिप घिमिरे - सोमबार २७ अक्टोबर २०२५