मैथिली साहित्य समाजको १४१औँ कवि गोष्ठी सम्पन्न

दिलिप घिमिरे · कार्तिक १७, २०८२ ८:०९ AM
Cover Image for News

मैथिली साहित्य समाज जनकपुरधामले आफ्नो १४१औँ मासिक कवि गोष्ठी भव्य रूपमा सम्पन्न गरेको छ। 
 मिथिलाको समृद्ध साहित्यिक परम्परालाई निरन्तरता दिँदै मिथिला नाट्य कला परिषद् जनकपुरधामको सभाहलमा गोष्ठी सम्पन्न भएको हो। 
कार्यक्रमको अध्यक्षता कवि सितल झाले गरेका थिए भने प्रमुख अतिथि वरिष्ठ कवि, गीतकार तथा ज्योतिषविद् कालीकान्त झा तिर्सित रहेका थिए।
 प्रमुख अतिथि तिर्सितले आफ्नो मन्तव्यमा भने, ‘मैथिली भाषा र साहित्यको गौरवमय परम्परालाई नयाँ पुस्ताले निरन्तरता दिइरहनु गर्वको विषय हो। कविहरूको कलम समाज परिवर्तनको शक्तिशाली माध्यम बन्न सक्छ।’ 
कार्यक्रममा मैथिली साहित्यका अनुभवी र नवोदित दुवै कविहरूको उत्साहपूर्ण सहभागिता रहेको थियो।
 गोष्ठीमा कवि देबिकान्त मिश्र, विजय दत्त, काशीकान्त झा, कविता पोखरेल, किरण झा लगायत दर्जनौँ स्रष्टाहरूले आफ्ना रचनाहरू वाचन गरे। प्रस्तुत कविताहरूमा सामाजिक चेतना, वर्तमान राजनीतिक अवस्था, महिला सशक्तीकरण, पर्यावरण संरक्षण तथा मैथिली संस्कृतिको पहिचानजस्ता समसामयिक विषयवस्तुहरू समेटिएका थिए। 

अध्यक्ष सितल झाले निरन्तर १४१ महिनासम्म अवरोधबिना गोष्ठी सञ्चालन गर्न पाएकोमा मैथिली साहित्य समाजका अध्यक्ष काशीकान्त झालाई धन्यवाद ज्ञापन गर्दै भने, ‘यो गोष्ठी केवल कविता वाचनको कार्यक्रम होइन, यो मिथिलाको साहित्यिक आन्दोलनको निरन्तर यात्रा हो। 

मैथिली साहित्य समाजद्वारा आयोजना हुने यस्ता मासिक गोष्ठीहरूले मिथिलाञ्चलमा साहित्यिक चेतना र सांस्कृतिक एकता सुदृढीकरणमा महत्वपूर्ण योगदान पुर्‍याउँदै आएका छन्।

ट्यागहरू:
साहित्य कला र संस्कृति
टिप्पणीहरू
User
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस गर्नुहोस्।
सम्बन्धित पोस्टहरू
 ‘धरणी’ सार्वजनिक
‘धरणी’ सार्वजनिक
दिलिप घिमिरे - सोमबार २७ अक्टोबर २०२५
माधव काफ्लेका तीन कृति प्रकाशित
माधव काफ्लेका तीन कृति प्रकाशित
खगिन्द्रा खुसी - सोमबार २७ अक्टोबर २०२५