भजन गायिका सुजता मिश्रको दशैं आशिष गीत सार्वजनिक

दिलिप घिमिरे · असोज २५, २०८१ १०:१४ PM
Cover Image for News

भिडियो लिङ्क

https://youtube.com/watch?v=6nfEmCyp65w&si=O152oG_Iz5tWZ4yY

भजन गायिका सुजता मिश्रको दशैं आशिष गीत सार्वजनिक 

 २५असोज /भजन गायिका सुजता मिश्रले दशैको अवसर पारेर आशिष गीत बजारमा ल्याएकी छिन् ।
 झापा शिवसताक्षी ११ निवासी मिश्रले दशैंलाई लक्षित गरी आशिष गीत बजारमा ल्याएकी हुन् ।जसको शब्द अमेरिका निवासी लीला डि मिश्रको रहेको छ।संगीत भने संगीत साधना कला केन्द्र सुरुङ्गाका सञ्चालक तथा संगीतकार ध्रुव पाठकको रहेको छ ।

नेपाली समाजमा भक्ति संगीतको उच्च स्थान  छ।प्रातःकालीन भ्रमणमा निस्कनुहोस्,भक्ति-भजन गुञ्जिएको सुन्न सक्नुहुनेछ । भक्ति-भावको यस्तो धुनले मठ-मन्दिरलाई मात्र कहाँ हो र ! जनमानसको घर-घरलाई पनि संगीतमय बनाइरहेको हुन्छ ।

 धार्मिक कार्य, सप्ताह, पूजाआजामा त भक्ति-भजन अनिवार्य भइहाल्यो । रेडियो, टेलिभिजनले बिहानीको शुरूआत पनि यस्तै भजन संगीतबाट गर्ने गर्छन् ।गायत्री मन्त्र, सरस्वती वन्दना आदि त सदाबहार भजन गीत नै भए ।

यसले के देखाउँछ भने, नेपालमा भजन-संगीतको बजार ठूलो छ । वर्षभरि आउने कुनै न कुनै चाडपर्व, नियमितजसो हुने पूजा-आराधनाले भजन-संगीतलाई चलायमान बनाइरहन्छ । साउन महीना त भजनको मौसम नै हो । यतिबेला नेपाली समाजले भक्ति-भजनको संगीत बढी नै सुन्छ, खपत गर्छ ।
त्यही भक्ति संगीतको महत्त्वलाई बुझेर एकपछि अर्को भक्ति-भजन बजारमा ल्याउने गायिका हुन् सुजता।
हरेक धार्मिक अनुष्ठान,पुराण,धार्मिक कार्यक्रमहरुमा भजनबाट भक्तजनहरुको मन जित्न सफल छिन् उनी।दर्जनौं नेपाली भजनहरुमा आफ्नो सुमधुर स्वर दिएर रेकर्डिङ गरिसकेकी गायिका सुजाता मिश्रको यो दशैको आशिष गीत सार्वजनिक गरेकी हुन्।नेपाली चाडपर्व ,भाषा,साहित्य,संस्कृति र परम्पराको संरक्षणमा टेवा पुर्‍याउने उद्देश्यले यो दशै आशिष गीत बजारमा ल्याएकी हुन्।

 ठुला बडा तथा मान्यजनबाट दशैंमा दिइने आशिष जुन छन्दमा लेखिएको शब्दलाई पृथक तरिकाबाट गायिका मिश्रले प्रस्तुत गरेकी छन् ।
 गीतको छायाङ्कन झापाका धार्मिक क्षेत्र सताक्षीधाम लगायत विभिन्न स्थानमाहरुमा गरिएको गायिका मिश्रले जानकारी दिइन् ।

 गीत सुजता मिश्र युवटुव च्यालनबाट सार्वजनिक गरिएको छ ।। सानै उमेरदेखि गायन क्षेत्रमा प्रवेश गरेकी मिश्र हाल चर्चित भजन गायिकाको रुपमा आफुलाई परिचित बनाइ सकेकी छिन् ।

 गीतको एरेन्ज बिमल बुढाथोकीले गरेका छन भने छायांकन तथा सम्पादन काकु क्रियसन चारआली,झापाकाका दिपेन लम्सालको रहेको छ।
 आमा डिजिटल स्टुडियो बिर्तामोड,झापामा अडियो रेकर्ड गरिएको यस आशिष गीत प्राविधिक, गायन शव्द,संगीत संयोजनको हिसाबले राम्रो बनेको छ।

ट्यागहरू:
साहित्य
टिप्पणीहरू
User
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस गर्नुहोस्।