बुवाको पुकार

कर्ण गुरुङ पोष्ट - खगिन्द्रा खुसी · कार्तिक २, २०८१ ६:२८ AM
Cover Image for News

ए मेरा प्यारा छोराहरु हो,
सुन !
तिमीहरु जन्मिएको बेला
म खुसीले भरिएको थिएँ
गौरवले अग्लिएको थिएँ
म कल्पना गर्थेँ त्यसबेला-
एकदिन तिमीहरु ठुला हुनेछौ
पढेर विद्वान हुनेछौ
प्रगति गर्नेछौ उन्नति गर्नेछौ
राम्रो काम गरेर
संसारमा सुवास छर्नेछौ
उद्योग, व्यापार गर्नेछौ
र शक्ति बन्नेछौ मेरो
एक बनेर सबै भाइ
नयाँ इतिहास रच्नेछौ
सफलताको
र रमाउनेछु म
गौरव गर्नेछु मेरा छोराहरुप्रति
तर 
आज अवस्था उल्टो भएको छ
भत्किएको छ मेरो सपना
पढ्यौ पनि, बढ्यौ पनि, सक्षम पनि बन्यौ
तर
सुन्दैछु तिमीहरु तानातान गर्दैछौ रे
तान्नु पर्छ छोरा हो
तानातान गर्नुपर्छ
तर खुट्टा होइन
हात तान्नु पर्छ,
ठेल्नु पर्छ
तर पछाडि होइन अगाडि ठेल्नु पर्छ
म सुन्दैछु
सम्पति कमाउनका लागि
नैतिकता गुमाउँदैछौ रे
आफू जित्नका लागि 
अर्कोलाई लडाउँदैछौ रे
प्रगतिको यात्रा गर्नका लागि
सबैजना एउटै जुत्तामा खुट्टा हाल्दैछौ रे
आफू सही देखिनका लागि अर्कोलाई गलत सावित गर्न लागेका छौ रे
यति धेरै सक्षम छोराहरु देखेर
आज म आफैँ असक्षम भएको महसुस गरिरहेकी छु 
म शक्तिवान भएर पनि शक्तिहीन महसुस गरिरहेकी छु
मेरा प्यारा छोराहरु !
तिमीहरु जो हार्दा पनि म हार्नेछु
तिमीहरु जसलाई चोट लाग्दा पनि मलाई दुख्छ 
आज मेरा सबै आशाहरु अभिशाप बनेका छन्
ए छोराहरु ! 
भो अब मलाई शक्ति चाहिन्न्
कुनै सुवास चाहिन्न
अब मेरो केवल एउटै चाहना छ
तिमीहरु एक भएको हेर्ने चाहना 
एक अर्काको खुट्टा होइन हात तानेको हेर्ने चाहना छ
विपरित भएको होइन
मलाई तिमीहरु हाँसेर बाँचेको हेर्ने मन छ
एउटाको दु:खमा अर्को रमाउने होइन
साझा खुसीमा रमाएको हेर्ने मन छ
हो छोराहरु !
मलाई 
तिमीहरु हासेर बाँचेको हेर्ने मन छ ।

ट्यागहरू:
सहित्य literature svikarokti nepalisahitya
टिप्पणीहरू
User
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस गर्नुहोस्।
सम्बन्धित पोस्टहरू
सडकको रोदन
सडकको रोदन
कवि-कृष्ण धराबासी पोष्ट-दिलिप घिमिरे - सोमबार २० अप्रिल २०२६
म हरिण हुँ
म हरिण हुँ
कवि-दिल भूटानी, पोष्ट-दिलिप घिमिरे - आइतबार ५ अप्रिल २०२६
चाहना
चाहना
कवि कर्ण गुरुङ पोष्ट दिलिप घिमिरे - शुक्रबार ३ अप्रिल २०२६
तिर्खालु रहर
तिर्खालु रहर
कवि-राजिव आचार्य - शनिबार २१ फेब्रुवरी २०२६