बिर्तामोडमा साहित्य कला साँझ कार्यक्रम सम्पन्न

साहित्य तथा सांस्कृतिक प्रतिष्ठान,बिर्तामोडको आयोजनामा साहित्य कला साँझ कार्यक्रम सम्पन्न गरिएको छ।कार्यक्रममा दार्जिलिङका दुई जना नारी स्रष्टाहरु मञ्जुला तामाङ र देविका मग्राती राईलाई दोशल्ला तथा प्रमाणपत्रले सम्मान गरिएको थियो ।
साहित्य,कला साँझ कार्यक्रममा भरत बर्बरिकले गद्यकविता, विष्णु न्यौपानेले देशभक्ति कविता, किशोर कोइरालाले गजल तथा रीता पोखरेलले शृङ्गारिक कविता वाचन गरेका थिए। स्रष्टाहरुका दमदार सृजना प्रस्तुतिले दर्शकहरु उत्साहित भएका थिए ।विभिन्न भाव र विधाका सृजनाले कार्यक्रममा मिठास थपेको थियोे ।
कार्यक्रम प्रतिष्ठानकी अध्यक्ष भगवती ढुङ्गेलको अध्यक्षता,कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री लीलावल्लभ अधिकारीको प्रमुख आतिथ्य, माननीय गोपाल गजमेर, विर्तामोड नगरपालिका उपप्रमुख नगेन्द्र संग्रौला,इनरुवाका साहित्यिक प्रतिष्ठानका अध्यक्ष डम्बरुवल्लभ अधिकारी,पुण्यप्रसाद खरेल र कवि केशव आचार्यलाई कार्यक्रमको विशिष्ट अतिथि बनाएर सुरु गरिएको थियोे ।
कार्यक्रममा तीलकुमारी बुढाथोकी, पूर्ण मगर, लक्ष्मी राई, मल्लिका प्रधान, ज्ञानेन्द्र खतिवडा, एलबी सुनुवार, लक्ष्मी अच्युत ढुङ्गाना, गोपालप्रसाद संग्रौला, अमृता पाठक चौंलागाईं, तेजु चौंलागाईं, केशव ओझा,रञ्जु प्याकुरेल, गोपीकृष्ण खतिवडा, केवल तामाङ, रोहिणी रसिक, प्रमोद ढकाल, मातृकाप्रसाद संग्रौला, जय भण्डारी, पुष्पा नेपाल सुवेदी, मित्र मगर, मोक्ष खतिवडा लगायतका स्रष्टाहरुको उपस्थिति रहेको थियो ।
उपाध्यक्ष दीपक रायमाझी र स्रष्टा दीपक सुवेदीले संयुक्तरूपमा कार्यक्रम सञ्चालन गरेका थिए। प्रतिष्ठानका वरिष्ठ उपाध्यक्ष दुर्गाप्रसाद सिग्देलले कार्यक्रममा स्वागत गरेका थिए ।


उत्कृष्ट छ कार्यक्रम तथा पत्रकारिता



