संस्कार स्कुलको बार्षिक उत्सवमा नि:शुल्क स्वास्थ्य शिविर

दिलिप घिमिरे · फागुन १०, २०८१ ७:२८ PM
Cover Image for News

संस्कार इङ्लिस बोर्डिङ स्कुलले आफ्नो ८औँ बार्षिक उत्सवको अवसरमा नि:शुल्क बृहत स्वास्थ्य शिविर तथा ‘फुड फन फेस्टिवल’ कार्यक्रम आयोजना गरेको छ ।
  

शिवसताक्षी वडा नम्बर ८का वडा अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि सन्त फेउदिनले दुई दिवसीय कार्यक्रमको  उद्घाटन गरेका थिए । विद्यालय सेवा क्षेत्रका अभिभावक, विद्यार्थी, शिक्षक, शिक्षिका लगायत आम नागरिक २सय भन्दा बढीको नि:शुल्क स्वास्थ्य परीक्षण गरिएको थियो।
  विद्यालयका प्रधानाध्यापक आशिष बस्नेतका अनुसार विद्यालय परिसरमै भएको  शिविरमा डाक्टर प्रियंका कटवालले स्त्री रोग तथा पाठेघरको क्यान्सर सम्बन्धी ब्रिफिङ गरेकी थिइन् ।
  यस्तै बालरोग विशेषज्ञ डाक्टर अनिल थापा,जेनेरल फिजिसियन डाक्टर अनुपम घिमिरे,प्रसुति तथा स्त्री रोग विशेषज्ञ डाक्टर दिनेश मित र नाक, कान घाँटी रोगका बिरामीका लागि डाक्टर प्रवेश कार्कीले स्वास्थ्य परीक्षण सेवा प्रदान गरेका थिए ।
  संस्कार अङ्ग्रेजी माध्यमिक विद्यालयको यो कार्यक्रमलाई स्थानीय मेची हेल्थ फार्मेसीले  सघाएको  ।
  स्वास्थ्य शिविरमा बिहानदेखि नै सहभागी भएर आफ्नो स्वास्थ्य परीक्षण गराउनेको घुइँचो थियोे । 

कार्यक्रममा विद्यार्थीहरुले तयार गरेका विज्ञान तथा गणित विषयमा आधारित प्रदर्शनी समेत गरेका थिए। फुड फन फेस्टिवलमा विद्यार्थी,अभिभावक तथा शिक्षकशिक्षिकाहरु समेत स्वादिष्ट परिकारहरुमा रमाइरहेका थिए ।
 झापाको शिवसताक्षी नगरपालिका वडा नं ८ झिलझिलेमा रहेको २०७३ सालमा स्थापना भएको यो विद्यालयमा कक्षा १० सम्म अध्ययन अध्यापन भइरहेको छ । कम्तिमा साढे ४०० विद्यार्थी अध्ययन गर्ने यो विद्यालयले विभिन्न समयमा अतिरिक्त क्रियाकलाप अन्तर्गत सांस्कृतिक तथा खेलकुदका कार्यक्रमहरू पनि सञ्चालन गर्दै आएको छ । 
 

स्थापनाको छोटो समयमा विद्यालयले प्राप्त गरेको उपलब्धिलाई अभिभावक र सरोकार राख्ने सरकारी तथा गैर-सरकारी संघ-संस्थासम्म पुर्याउनकाका लागि कुनै कसर बाँकी नराख्ने प्रिन्सिपल आशिष बस्नेतले बताए।

ट्यागहरू:
संस्कृति
टिप्पणीहरू
User
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस गर्नुहोस्।