भद्रपुरको भानुचोकमा भानु जयन्ती

खगिन्द्रा खुसी · असार ३०, २०८१ ९:४८ PM
Cover Image for News

आज भानु जयन्ती, विश्वभरका नेपालीहरुले भानु जयन्तीलाई विशेष रुपमा मनाएका छन् । सोही क्रममा झापाको भद्रपुरमा पनि भानु विशेष कार्यक्रम सम्पन्न भएको छ । भद्रपुर नगर कला साहित्य तथा सङ्गीत प्रतिष्ठान तथा देवकोटा स्मृति भवनको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा प्रतिष्ठानका कला तर्फका उपाध्यक्ष फडिन्द्र पोख्रेलको सभाध्यक्षता तथा नगरप्रमुख गणेश पोख्रेलको प्रमुख आतिथ्य रहेको थियो । 

p
कार्यक्रम भद्रपुर ६ स्थित भानुचोकमा रहेको आदिकवि भानुभक्त आचार्यको शालिकबाट कार्यक्रमको सुरुवात भएको थियो । नगर प्रमुख गणेश पोख्रेलको बाहुलीबाट भानुको शालिकमा माल्यार्पण गरी देवकोटा स्मृति भवनमा निमार्ण गरिएको सार्वजनिक व्यायामशालाको समेत नगरप्रमुखबाट उद्घाटन गरी नगर कार्यालयभित्रको सभाहलमा कार्यक्रम सुरु भएको थियो । देवकोटा स्मृति भवनका अध्यक्ष राजेन्द्र चापागाईँले स्वागत् मन्तव्य राखेका थिए भने मन्तव्यका क्रममा भानुचोकमा भानुको शालिक स्थापना गर्दाको संघर्षलाई स्मरण गर्दै अध्यक्ष भावुक समेत भएका थिए । प्राध्यापक चूडामणि वाशिष्टद्वारा भानुको जीवनी तथा योगदान बारे चर्चा गरिएको उक्त कार्यक्रमको सन्चालन प्रतिष्ठानकी साहित्य तर्फकी उपाध्यक्ष खगिन्द्रा खुसीले गरेकी थिइन ।
p

स्थानीय पचास भन्दा बढी स्रष्टाहरुको उपस्थिति रहेको कार्यक्रममा कवि विरही अधिकारी, राजेश ढुङ्गाना, अनिता राजवंशी, राजेन्द्र कश्यप, डिल्लीरमण नेपाल, लता खरेल, गीता सुवेदी नेपाल, उषा गुरुङ, हरि प्रसाद न्यैपाने, तुलसी प्रसाद काफ्ले, हेम प्रसाद खनाल, उमाकान्त पोख्रेल, पिताम्बर अधिकारी, सत्यनारायण तायल तथा बाल कवि सफलता फुयँल लगायत डेढ दर्जन कविहरुले भानु सम्बन्धी कविता वाचन गरेका थिए । नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सभा सदस्य हरि पौडेल, भद्रपुर नगरपिलका वडा न ६ का अध्यक्ष रतिया राजवंशी, तथा ९ का वडाध्यक्ष राम प्रसाद दाहाल, प्राध्यापक होम सुवेदी, रुद्रगौरी श्री अम्बिका ओलि प्रतिष्ठानका अध्यक्ष गंगा प्रसाद ओली लगायत अग्रज तथा प्रतिष्ठित ब्यक्तित्वहरुको विशेष अतिथ्यमा सम्पन्न भएको कार्यक्रममा प्रमुख अतिथिले भद्रपुरमा भाषा साहित्यको उत्थानका लागि यथासक्य सहयोग गरिएको छ र यो सहयोग निरन्तर चलिरहनेछ भन्ने धारणा मन्तव्यका क्रममा ब्यक्त गरेका थिए । कार्यक्रम विहान आठ बजेदेखि दश बजेसम्म सन्चालन भएको थियो । 

p

ट्यागहरू:
सहित्य literature news samachar svikarokti nepalisahitya
टिप्पणीहरू
User
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस गर्नुहोस्।
सम्बन्धित पोस्टहरू
सिलगढी साहित्य समाजको उद्घाटन
सिलगढी साहित्य समाजको उद्घाटन
खगिन्द्रा खुसी - मङ्गलबार १७ सेप्टेम्बर २०२४
उपप्राध्यापक तथा समालोचक पुण्य खरेलको निधन
उपप्राध्यापक तथा समालोचक पुण्य खरेलको निधन
खगिन्द्रा खुसी - मङ्गलबार १७ सेप्टेम्बर २०२४
चेतना प्रकाशनद्वारा स्रष्टाहरू सम्मानित
चेतना प्रकाशनद्वारा स्रष्टाहरू सम्मानित
खगिन्द्रा खुसी - सोमबार १६ सेप्टेम्बर २०२४
एडमन्टनमा स्वीकारोक्ति डीस्कोर्स सम्पन्न
एडमन्टनमा स्वीकारोक्ति डीस्कोर्स सम्पन्न
खगिन्द्रा खुसी - सोमबार १६ सेप्टेम्बर २०२४