बुबा
मेरा प्रात सदैव झङ्कृत गरी निस्कन्छ यौटा धुन
घण्टा शंख र मन्त्र गुन्जन सुनी ब्युँझिन्छ मेरो दिन
जो सङ्गीत श्री कृष्ण सत्य युगमा आनन्दले गाउँथे
त्यै भाका म दुरुस्त अन्त दुनियाँ खोजेर के पाउँथेँ
बाबा उठ्नु अगाडि घाम कहिल्यै झुल्केन संसारमा
कैल्यै रात परेन झल्मल दियो बाले नबालीकन
खाना सात्विक सोच सात्विक जुनी क्या शान्त क्या उज्ज्वल
निष्ठा भाव भरेर कर्महरुमा सिक्दै छु बाँच्ने कला
छैनन् मान, घमण्ड, शान सजिलो बाँच्ने सदा जीवन
रम्ने साँझ विहान भक्ति रसमा छर्दै मिठो गुन्जन
इर्ष्या-द्वेष न रीस-राग सबमा मात्रै छ सद्भावना
बाको झैं मन पार्न मात्र सकिए बाँचिन्छ आनन्दमा
आत्मा रुन्छ हरेक जीवहरुको हिंसा पटक्कै नहोस्
धर्तीमा अधिकार हुन्छ सबको बाँच्ने सुरक्षा रहोस्
बोली बुद्ध र चित्त शुद्ध सबले राखौं भनी भन्दछन्
मेरा बा कलिकालमा ऋषि बनी ध्यानी बनी बाँच्दछन्
ट्यागहरू:
कविता
टिप्पणीहरू
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस
गर्नुहोस्।
सम्बन्धित पोस्टहरू
देशको सान
कल्पना काफ्ले पोष्ट -खगिन्द्रा खुसी - बिहिबार २४ अक्टोबर २०२४
शक्ति सङ्कल्प
टीका आत्रेय पोष्ट - खगिन्द्रा खुसी - बिहिबार २९ अगष्ट २०२४
स्रग्धरामा रमाऊँ
खगिन्द्रा खुसी - बिहिबार १८ जुलाई २०२४
चाँडै तिमी आउनू
खगिन्द्रा खुसी - शुक्रबार २८ जुन २०२४