असमको ओदालगुडीमा ‘शुद्ध तथा सृजनात्मक लेखन’को कार्यशाला सम्पन्न

खगिन्द्रा खुसी · साउन १६, २०८१ १०:१४ PM
Cover Image for News

हिजो ३० जुलाई २०२४ का दिन ‘असम नेपाली साहित्य सभा’को ‘ओदालगुडी जिल्ला महिला प्रकोष्ठ’ले आयोजन गरेको ‘शुद्ध तथा सृजनात्मक लेखन’को कार्यशाला असमको ओदालगुडी सहरमा रहेको विश्वशान्ति नेपाली विद्यामन्दिर परिसरमा रहेको गोर्खा भवनमा  सम्पन्न भएको छ । कार्यक्रम बिहान १० बजेदेखि अपराह्ण २-३० बजेसम्म एक दिवसीय कार्यसूचीका साथ सम्पन्न भयो ।

photo

गुवाहटी विश्वविद्यालयका प्राध्यापक डा. खगेन शर्माद्वारा विशेषज्ञको रूपमा मार्गदर्शन गरिएको कार्यशालामा  राष्ट्रिय कृती शिक्षक तथा महाकवि विद्यापति दाहालको बाहुलीबाट दीप प्रज्वलन गरेर कार्यशालाको शुभारम्भ गरिएको थियो । भारतवर्षमै भाषा विशेषज्ञको रूपमा पिरिचत डा. शर्माले अत्यन्त सरल र सहज रूपमा वर्णविन्यास र सृजनात्मक लेखनको प्रशिक्षण दिनु भएको थियो भने लेखक तथा विद्यार्थीवर्गको उपस्थिति धेरै राम्रो रहेको सो कार्यशालाले वर्णविन्यास सम्बन्धित थुप्रै समस्याको निराकरण गर्नसक्यो भन्ने भाव सहभागीहरूले व्यक्त गरेका थिए । यस्ता कार्यशालाहरू समयसमयमा भइरहनुपर्ने रहेछ र मात्र लेखकहरूको सङ्ख्यामा वृद्धि र सान्दर्भिक तथा समयोपयोगी लेखहरू लेखिने रहेछन् भन्ने अनुभव पनि सहभागीहरूले व्यक्त गरेका थिए ।  कार्यशालामा राष्ट्रिय कृती शिक्षक तथा महाकवि विद्यापति दाहाल, साहित्य अकादमी पुरस्कार प्रापक तथा विशिष्ट साहित्यकार पुष्पधर शर्मा, असम नेपाली साहित्य सभा, ओदालगुडी जिल्ला समितिका अध्यक्ष लक्ष्मण अधिकारी, मूल सचिव मोहनकुमार रावत, साहित्य सचिव तिलबहादुर छेत्री, सचिव यादवकुमार उपाध्याय, असम नेपाली साहित्य सभाका सचिव राम उपाध्याय आदिको पनि सहभागिता रहेको कुरा असमबाट साहित्यकार लक्ष्मण अधिकारीबाट जानकारी प्राप्त भएको छ ।

Asam.jpg 72.83 KB

ट्यागहरू:
सहित्य literature samachar sahitya svikarokti nepalisahitya
टिप्पणीहरू
User
Shantiram
एक महिना अगाडि

समाचारको पहिलो हेडिङ नै समाचार बने जस्तो छ । असमको उदालगुसीमा शुद्ध तथा सिर्जनात्मक लेखन कार्यशाला सम्पन्न भएको छ भनेर लेख्दा समाचार जस्तो देखिन्थ्यो । जे भएपनि समाचार लेखनमा तपाईंका हातहरू निरन्तर अघि बढिरहुन । शुभकामना

लक्ष्मण अधिकारी
एक महिना अगाडि

सुन्दर कार्यक्रम।

सम्बन्धित पोस्टहरू
चेतना प्रकाशनद्वारा स्रष्टाहरू सम्मानित
चेतना प्रकाशनद्वारा स्रष्टाहरू सम्मानित
खगिन्द्रा खुसी - सोमबार १६ सेप्टेम्बर २०२४
एडमन्टनमा स्वीकारोक्ति डीस्कोर्स सम्पन्न
एडमन्टनमा स्वीकारोक्ति डीस्कोर्स सम्पन्न
खगिन्द्रा खुसी - सोमबार १६ सेप्टेम्बर २०२४