असोज १२ गतेदेखि धरमपुरमा फुटबल प्रतियोगिता हुने

दिलिप घिमिरे · असोज ९, २०८१ ८:३१ PM
Cover Image for News


 असोज १२ गतेदेखि युवा तथा भेट्रान नकआउट फुटबल प्रतियोगिता हुने

९असोज धरमपुर/वडा खेलकुद विकास समिति,शिवसताक्षी नपा.-१को आयोजनामा युवा तथा भेट्रान नकआउट फुटबल प्रतियोगिता-२०८१ आयोजना गरिने भएको छ।
 `युवाहरुलाई लागुऔषध तथा दुर्व्यसनीबाट टाढा रहन ´राष्ट्रका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद" भन्ने मुल नाराका साथ यस वडा खेलकुद विकास समिति,शिवसताक्षी नपा.-१, धरमपुर,झापाद्वारा खेलकुदको आयोजना गरिएको हो।
 प्रतियोगिता शिवसताक्षी नगरपालिका वडास्तरीय `युवा तथा भेट्रान नकआउट फुटबल प्रतियोगिता-२०८१´ शिवसताक्षी न.पा. १, फुलबारी रङ्गशालामा यहि असोज १२ गते शनिबारदेखि असोज २४ गते बिहिबारका दिनसम्म सञ्चालन हुने र फुटबल प्रतियोगितामा युवातर्फ १२ वटा टिम र भेट्रानतर्फ ८वटा टिमको सहभागी रहेको वडा खेलकुद विकास समितिका संयोजक दिपक दाहालले पत्रकार सम्मेलनमा बताए ।
प्रतियोगितामा शिवसताक्षी नगरपालिका ,शिवसताक्षी-१ वडा कार्यालय,सह-प्रायोजक र प्रायोजक वभिन्न संघ संस्था कम्पनी,व्यक्तिहरुबाट अनुमानित सात लाख आम्दानी हुने र प्रथम पुरस्कार युवातर्फ ५१ हजार रुपैया र दोस्रो पुरस्कार ३१ हजार रुपैयाँ र प्रथम पुरस्कार भेट्रानतर्फ ३५ हजार रुपैया र दोस्रो पुरस्कार २५  हजार रुपैयाँ र सिल्ड ,ट्रफी ,मेडल आदिमा अनुमानित ६लाख ४७ हजार रुपैयाँ खर्च हुने आर्थिक संयोजक लिलाबहादुर जोशीले बताए ।
प्रतियोगिताको युवातर्फको उद्घाटन खेल शिवसताक्षी वडा -१ र शिवसताक्षी वडा -४ बीच असोज १२ गते हुने र भेट्रानतर्फको खेल भने असोज १३ शिवसताक्षी वडा -८ र शिवसताक्षी वडा -१०बीच असोज १३ गते हुनेआयोजक समितिका सदस्य पेमा तामाङले पत्रकार सम्मेलनमा जानकारी दिए।
पत्रकार सम्मेलन शिवसताक्षी वडा -१का वडा अध्यक्ष लक्ष्मीप्रसाद चेम्जोङको प्रमुख आतिथ्य र वडा खेलकुद विकास समितिका संयोजक दिपक दाहालको अध्यक्षता भएको थियो ।कार्यक्रमको सञ्चालन भने समितिका सदस्य अर्जुन राईले गरेका थिए ।

ट्यागहरू:
खेलकुद
टिप्पणीहरू
User
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस गर्नुहोस्।
सम्बन्धित पोस्टहरू
‘सिमसारा’लाई ‘विमल गुरुङ कृति पुरस्कार’
‘सिमसारा’लाई ‘विमल गुरुङ कृति पुरस्कार’
खगिन्द्रा खुसी - मङ्गलबार १४ अक्टोबर २०२५
बिरहीको ‘मान्छे बेच्ने देश’ बिमोचन भयो
बिरहीको ‘मान्छे बेच्ने देश’ बिमोचन भयो
खगिन्द्रा खुसी - आइतबार १२ अक्टोबर २०२५
विरहीको ‘मान्छे बेच्ने देश’ बिमोचन भयो
विरहीको ‘मान्छे बेच्ने देश’ बिमोचन भयो
खगिन्द्रा खुसी - आइतबार १२ अक्टोबर २०२५
‎अभिनवको २८४अ‍ौं शृङ्खला सम्पन्न
‎अभिनवको २८४अ‍ौं शृङ्खला सम्पन्न
दिलिप घिमिरे - शनिबार ११ अक्टोबर २०२५