अमेरिकामा ‘रन्जित गजमेर उत्सवः जीन्दगानी दर्पणछाया’ कार्यक्रम हुने

खगिन्द्रा खुसी · असार २७, २०८१ ८:२२ AM
Cover Image for News

अमेरिका, हेरिसवर्गको पेन्सिलभेनियामा एक बृहत् साङ्गीतिक कार्यक्रम सम्पन्न हुने भएको छ । कार्यक्रम नक्षत्र फाउन्डेसन, मेनुका मेमोरियल फाउन्डेसन तथा भूटानी नेपाली कलाकार संघको संयुक्त आयोजनामा यही जुलाई महिनाको १३ तारिकका दिन सम्पन्न हुनेछ । नेपाली सङ्गीत क्षेत्रका वरिष्ठ सङ्गीतकार रन्जित गजमेरको सम्मानार्थ आयोजना गरिएको उक्त कार्यक्रमको नाम ‘रन्जित गजमेर उत्सवः जीन्दगानी दर्पणछाया’ दिइएको छ । गजमेरले सङ्गीत गरेका नेपाली गीतहरुमात्र गाइने उक्त कार्यक्रममा सङ्गीतकार स्वयंका साथमा नेपाल र अमेरिकाका विभिन्न गायक गायिकाहरुले वाद्यवादनहरु सहित (लाइभ) गीत गाउनेछन् । 

          तीनवटै आयोजक सँस्थाहरु नेपाली गीत सङ्गीतको श्रीबृद्धिका लागि अमेरिकामा निरन्तर लागिरहे तापनि यस प्रकारको कार्यक्रम भने पहिलो पटक गर्न लागिएको हो सशुल्क अर्थात टिकट सिस्टमबाट हेर्न सकिने यस कार्यक्रमलाई अमेरिकाका नेपाली सङ्गीतप्रेमी दर्शक, स्रोताहरुले व्यग्रताका साथ प्रतीक्षा गरिरहेको कुरा आयोजक समितिका सदस्य स्रष्टा पातलो अन्तरेले जानकारी गराएका छन् । 

ट्यागहरू:
सहित्य संगित samachar svikarokti nepalisahitya
टिप्पणीहरू
User
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस गर्नुहोस्।
सम्बन्धित पोस्टहरू
सिलगढी साहित्य समाजको उद्घाटन
सिलगढी साहित्य समाजको उद्घाटन
खगिन्द्रा खुसी - मङ्गलबार १७ सेप्टेम्बर २०२४
उपप्राध्यापक तथा समालोचक पुण्य खरेलको निधन
उपप्राध्यापक तथा समालोचक पुण्य खरेलको निधन
खगिन्द्रा खुसी - मङ्गलबार १७ सेप्टेम्बर २०२४
चेतना प्रकाशनद्वारा स्रष्टाहरू सम्मानित
चेतना प्रकाशनद्वारा स्रष्टाहरू सम्मानित
खगिन्द्रा खुसी - सोमबार १६ सेप्टेम्बर २०२४
एडमन्टनमा स्वीकारोक्ति डीस्कोर्स सम्पन्न
एडमन्टनमा स्वीकारोक्ति डीस्कोर्स सम्पन्न
खगिन्द्रा खुसी - सोमबार १६ सेप्टेम्बर २०२४