लघुकथा - अाधुनिक जार

बालकृष्ण गजुरेल · मंसिर २८, २०८० ५:५८ PM
Cover Image for News

धेरै जना सँग सम्बन्ध भएपछि भटमासेको सम्बन्ध सकियो । रमणले भटमासे सँग सम्बन्ध बिच्छेद  गरे । समय चल्दै थियो । एक अञ्जान  स्वाति गुप्ताबाट सामाजिक  सञ्जालमा रिक्वेष्ट अायो । फ्याक्ट चेक गर्दा नक्कली  थियो । 

अचानक अर्को मेसेज अायो , " म एक्लै छु  हजुरसँग न्युड हुन मन लाग्यो । " 


रमण अाइटी इन्जिनियर म्याक एड्रेस हेरे । आइपी एड्रेस हेरे । साथिको सहयोगबाट सबै सुचना निकाले । उनी दोधारमा परे । ती थिए  चर्चित मेडिया कर्मी । उनलाई रिस उठ्यो । 

अर्को अफर आयो , " कपडा  खोल्नुस् न ! म हजुरलाई पूर्ण रुपमा हेर्न चाहन्छु । " 

उनी केहीबेर रोकिए । सत्यमा बाँच्ने कि ! क्रुर  बन्ने ?  मनमा प्रश्न तैरिए । जारलाई किन  सम्मान ? कपडा खोलेरै यौनाङ्ग देखाए । जार त थियो । उसले कसैका प्रेमिका बाँकी राखेन ।  श्रीमती बाँकी राखेन ।  उसलाई बाँकी के मत्लब ? उसले भिडियो बनाएर अाफन्त रोजी रोजी पठायो । 

रमण एक्लै घोत्लिए । चिन्ता बढ्यो । अचानक एक प्रोफेसर देखा परे । उनले सोधे, " होइन रमण के भयो ? " 


रमणले बृतान्त सुनायो । उसको अवस्था देखेर प्रोफेसरलाई  दया लाग्यो । उनले भने, " हेर बाबू, जार जति पढोस् या मिडिया चलावोस् उ अपराधिक तत्व नै हो । पहिलाका जार श्रीमती ताक्थे । अाधुनिक  जार साथि बनेर अर्काको प्रेमिका उडाउँछन् ।  श्रीमती उडाउँछन् । कोसेलीको रुपमा चरित्र हत्या गर्न कुनै कसुर बाँकी राख्दैनन् ।"

ट्यागहरू:
सहित्य कला लघुकथा literature nepalisahitya story
टिप्पणीहरू
User
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस गर्नुहोस्।
सम्बन्धित पोस्टहरू
भरिया
भरिया
बालकृष्ण गजुरेल /साहित्यमा स्माइल - बिहिबार १३ जुन २०२४
अपाङ्ग कि सपाङ्ग  ?
अपाङ्ग कि सपाङ्ग ?
बालकृष्ण गजुरेल - बिहिबार १४ डिसेम्बर २०२३
लघुकथा - पीडित को ?
लघुकथा - पीडित को ?
बालकृष्ण गजुरेल - बिहिबार १४ डिसेम्बर २०२३
लघु कथा
लघु कथा
नेत्राचार्य कौडिन्य - बुधबार १३ डिसेम्बर २०२३