अभिनवको २३अ‍ौं वार्षिक साधारणसभा विविध कार्यक्रम गरि सम्पन्न

दिलिप घिमिरे · साउन २६, २०८१ ११:०८ PM
Cover Image for News

अभिनव साहित्य  समाजको २३अ‍ौं वार्षिक साधारणसभा तथा  कवि गोष्ठी कार्यक्रम सम्पन्न गरिएको छ।
 आज ०८१/०४/२६ का दिन  अभिनव साहित्य समाजको  २३अ‍ौं साधारणसभा र २७०अ‍ौं कविगोष्ठी सम्पन्न भएको छ ।

 यस वर्षको तीज पर्व भदौको तेस्रो  हप्तामा पर्ने र अभिनवको मासिक नियमित कार्यक्रम सो समयभन्दा १ हप्तापछि मात्रै पर्ने हुँदा तीज विशेष कार्यक्रमलाई आजकै कार्यक्रममा समावेश गरिएको साहित्यकार खोलाघरे साइलोले बताए ।

 रचनावाचन क्रमको मध्यभागतिर अभिनवका अध्यक्ष वेदमणि घिमिरेले अभिनवको साहित्यिक/ आर्थिक प्रगतिचर्चा र गतिविधिमाथि  साधारणसभाको भावानुसार प्रकाश पार्नुभएको थियोे  ।


साधारणसभाको समापनपछि शारदा पराजुलीको सहजीकरणमा कवि गोष्ठी  अघि बढेको थियोे ।कार्यक्रममा प्रमुख अतिथि गङ्गा कर्माचार्य पौडेल थिए भने रञ्जुश्री पराजुली ,मञ्जुश्री केसी, ममता मृदुल,रामबहादुर पहाडी ,गोविन्द घिमिरे वेदमणि विशेष आमन्त्रित रहेर सम्पन्न भएको आजको कार्यक्रममा माधवलाल श्रेष्ठ बद्री अर्याल ,मधुसूदन प्रसाद घिमिरे,शीतल गिरि,बुद्धिसागर पौड्याल, नवराज पुडासैनी ज्योत्स्ना, परशुराम पराशर ,सुशील आचार्य ,सुरेशचन्द्र घिमिरे ,गङ्गाप्रसाद भेटवाल,गङ्गाप्रसाद अधिकारी , वसन्त रिजाल,नानीबाबा अधिकारी ,अनिल पौडेल ,बी पी इलामे,शोभा शरभ,शान्ति  सापकोटा ,मन्दिरा मधुश्री,ऋचा, सुमन पुडासैनी,सुमन थापा सङ्गम,अच्युत घिमिरे ,बद्रीप्रसाद सुवेदी, दुर्गा अधिकारी भँमरकोटे,सुमित्रा श्रेष्ठ ,डिल्लीप्रसाद मुल्तिहुन,जयराम विडारी,द्वारिका कुइँकेल,माधव घिमिरे अटल,रुबी सत्याल,रामकुमार पण्डित ,यादेवी ढकाल,घमा भट्टराई खनालआदि सयौं स्रष्टाहरूको सहभागिता रहेको थियो ।

 मेनका आचार्य पोख्रेलको स्वागत मन्तव्यपछि आरम्भ भएको रचनावाचनमा करिब ४० जना स्रष्टाहरूले कविता ,गीत गजल तीज सम्बन्धि गीतहरू प्रस्तुत गरेका थिए ।

  रचनावाचनपछि तीजसम्बन्धी  विभिन्न गीतहरूमा सामुहिक नृत्य प्रस्तुत भएको र अन्त्यमा कार्यक्रमका अध्यक्ष विमल अर्यालले आजको कार्यक्रम विशेष महत्त्व र उल्लासपूर्ण भएकोमा खुशी व्यक्त गर्दै सबै सहभागीहरूमा हार्दिक धन्यवाद ज्ञापन गर्दै सभा समापन भएको जानकारी दिनुभयो ।
 

ट्यागहरू:
सहित्य
टिप्पणीहरू
User
गाेविन्द घिमिरे वेदमणि
एक महिना अगाडि

अत्यन्त गरिमामय कार्यक्रम थियाे र यसकाे समाचार बनाएर सहयाेग गरिदिनुभएकाेमा खाेलाघरेज्यू प्रति हार्दिक अाभार

सम्बन्धित पोस्टहरू
चेतना प्रकाशनद्वारा स्रष्टाहरू सम्मानित
चेतना प्रकाशनद्वारा स्रष्टाहरू सम्मानित
खगिन्द्रा खुसी - सोमबार १६ सेप्टेम्बर २०२४
एडमन्टनमा स्वीकारोक्ति डीस्कोर्स सम्पन्न
एडमन्टनमा स्वीकारोक्ति डीस्कोर्स सम्पन्न
खगिन्द्रा खुसी - सोमबार १६ सेप्टेम्बर २०२४