अभागीलाई महासंघले गर्यो सम्मान

दिलिप घिमिरे · साउन १२, २०८१ ९:४९ PM
Cover Image for News


 साहित्यकार अभागी थेगुवालाई नेपाल शिक्षक महासंघ अर्जुनधारा नगर समितिले एक कार्यक्रमका बीच सम्मान गरेको छ।

 महारानीगञ्ज माध्यमिक विद्यालय अर्जुनधारा नगरपालिका -११ का प्रधानाध्यापक हुन् मनबहादुर लिम्बू(अभागी थेगुवा)।सपनाहरूको बही कविता सङ्ग्रह प्रकाशन गरि नेपाली भाषा,साहित्यको माध्यमबाट नेपाल शिक्षक महासंघको समेत गौरव बढाएकोमा अभागीलाई सम्मान गरिएको आयोजकले जानकारी दिएको छ।

 सम्मान तथा सपनाहरुकाे बही कविता सङ्ग्रहकाे परिचर्चा कार्यक्रम नेपाल शिक्षक महासंघ अर्जुनधारा नगर समितिको आयोजनामा सम्पन्न गरिएको थियोे । 
 स्रष्टा पब्लिकेसन दमक झापाबाट प्रकाशनमा आएको कवि थेगुवाको यो नविनतम कृतिको विषयमा परिचर्चाकारहरु टीका कट्टेल, कुमार भट्टराई, लक्ष्मी रिजाल र पुण्य बरालले  कार्यक्रममा कृतिको परिचर्चा गरेका थिए । 

 कवि थेगुवाको सपनाहरुको बही प्रकाशन हुनुपूर्व सप्तकोशीबाट (२०५४ )संयुक्त गजल सङ्ग्रह, बुद्धले अस्त्र(२०५८)कविता सङ्ग्रह,हर्के म अनि युद्ध (२०६८)गजल काव्य सङ्ग्रह प्रकाशान भइसकेका छन् भने सपनाहरूको वही(२०८१)कविता सङ्ग्रह कवि थेगुवाको व्यक्तिगत रचनाहरूको तेस्रो कृति रहेको साहित्यकार कुमार भट्टराईले बताए ।
 गणितीय चिन्हहरुको प्रयोग गरि शक्तिशाली  कविता लेख्न सिपालु कवि थेगुवाले कार्यक्रममा बही ,नयाँ नेपाल र शिक्षक -२ गरि तीनवटा कविता वाचन गरेका थिए ।

 कार्यक्रम महासंघका  अध्यक्षचन्द्र खत्रीको अध्यक्षता एवम्  अर्जुनधारा नगरपालिका शिक्षा,युवा तथा खेलकुद शाखा प्रमुख तोयानाथ रेग्मीको प्रमुख आतिथ्यतामा झापाको शनिश्चरे माध्यमिक विद्यालयको सभाहलमा कार्यक्रम सम्पन्न गरिएको थियोे ।

  कार्यक्रममा साहित्यकार पुण्यप्रसाद खरेलले शुभकामना मन्तव्य राखेका थिए ।
 कार्यक्रममा अभागी थेगुवालाई अझ साहित्य सृजना गर्ने हौसला प्राप्तिका लागि महासंघका शिक्षक शिक्षिकाहरु लगायत अन्य  साहित्यकारहरुको बाक्लो उपस्थिति रहेकोे थियोे ।

  कार्यक्रमको सञ्चालन महासंघका सचिव टंक न्यौपानेले गरेका थिए भने स्वागत गीता अधिकारीले गरेकि थिइन् ।

ट्यागहरू:
सहित्य
टिप्पणीहरू
User
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस गर्नुहोस्।
सम्बन्धित पोस्टहरू