अभागीको सपनाहरूको बही कृतिमाथि बिमर्श

साहित्यकार अभागी थेगुवाको सपनाहरूको बही कविता सङ्ग्रहको विमर्श इलाम नगर साहित्य कला सङ्गीत प्रतिष्ठानको आयोजनामा सम्पन्न गरिएको छ।
स्रष्टा पब्लिकेसन दमक झापाबाट प्रकाशनमा आएको कवि थेगुवाको यो नविनतम कृति हो।कार्यक्रममा कवि थेगुवाको सपनाहरूको बही पुस्तक माथि विमर्श गर्दै विमल वैद्य,केशबहादुर राई र धर्मादेवी निरौलाले कृतिलाई मसिनो गरि केलाएका थिए ।
साधारण, सौम्य र रचनात्मक रूपमा प्राय साहित्यिक कार्यक्रमहरुमा सर्जकहरूसँग सहकार्य गर्दै गरेको भेटिने कवि थेगुवाको सपनाहरुको वही प्रकाशन हुनुपूर्व सप्तकोशीबाट (२०५४ )संयुक्त गजल सङ्ग्रह, बुद्धले अस्त्र(२०५८)कविता सङ्ग्रह,हर्के म अनि युद्ध (२०६८)गजल काव्य सङ्ग्रह प्रकाशान भइसकेका छन् भने सपनाहरूको वही(२०८१)कविता सङ्ग्रह कवि थेगुवाको व्यक्तिगत रचनाहरूको तेस्रो कृति हो ।
त्यसवाहेक २७वटा कविताहरु फरक आयम, फरक विषय र फरक शैली- स्वभाव र शिर्षकमा लेखिएका छन् भने यस सङ्ग्रहमा कवि थेगुवाको कोरना कहरसँग सम्बन्धित १वटा कविता र कथानक कोरोना कविताको ४ वटा एकै सृङलाका कविताहरू समेत समावेश भई कुल ५६ वटा सुन्दर कविता सङ्ग्रहमा समावेश भएका छन्।
नेपाली साहित्य आकाशमा थेगुवको सपनाहरूको बही कविता कृति नवीन ,उत्कृष्ट र पठनीय बनेको बिमर्श कार्यक्रममा तीनजानै समीक्षकहरुले समीक्षात्मक टिप्पणी राखेका थिए ।
गणितीय चिन्हहरुको प्रयोग गरि शक्तिशाली कविता लेख्न सिपालु कवि थेगुवाले बही र काठमाडौंलाई खबर दुईवटा कविता वाचन गरेका थिए ।
कार्यक्रममा समाजसेवी तोयानाथ भट्टराई ,लोक गायक देवी गौतम,गजलकार विवश बलिभद्र कोइराला,कवि सुन्दर कुरुप,कवि सेलीङ केसी ,राजकुमार सुब्बा अनिश्चित,साहित्यकार देवीचरण भण्डारी ,स्रष्टा लक्ष्मी मिश्र लगायतका अन्य साहित्यकारहरुको बाक्लो उपस्थिति रहेकोे थियोे ।
कार्यक्रमको सञ्चालन प्रतिष्ठानका सचिव जयनारायण भट्टराईले
गरेका थिए भने स्वागत मन्तव्य प्रतिष्ठानकि सदस्य खीना बस्नेतले राखेकि थिइन् ।




