आयो झोंक हवा सुसाउदै गगनमा, छायो अध्यारो सब. -सुनिता पाण्डे (सोनी)

Admin · चैत ७, २०८० ९:५८ PM
Cover Image for News

आयो झोंक हवा सुसाउदै गगनमा, छायो अध्यारो सब

धिप्-धिप् बत्ति मलिन भो जगतमा, बुझ्यो दियालो अब 

युगै अन्त्य भए सरि विलिन भो, उड्यो तुआलो जब 

बल्दो लास रह्यो, विच हृदयमा, बन्यो खरानी शव ।

 कालो रात अझङ्ग त्यो भयको, आयो उठाई लग्यो 

मुर्झायो अब शुन्य भो बाग बँगिचा, स्वपना सरीको भयो ।

बर्सायो कसले पो उग्रपात नगिचै, उठ्नै नसक्ने भयो 

फर्कन्नन् अवता शरिर उनको, छायाँ धमिलो रह्यो ।

झुल्का तेज निकाली पङ्ख सारी त्यो, आयो अनौठा गरी 

पल भरमै भयो खरानी जव त्यो, टर्दै नटर्ने गरी ।

अस्तायो जब सुर्य पश्चिम दिशा, झुल्की नआउने गरी ।

क्षण भर मात्र थियो त्यो देह उनको, विलायो नदेख्ने गरी । 

देख्दा नाल विच शरिर जब त्यो, वाक्यै रहेझै भयो ।

गाढा भो अबता निद उनको, ब्यूझि नसक्ने भयो । 

हरायो अब छैन कान्ति उनको, बोल्नै नसक्ने भयो 

जल्ला शान्ति दिप अखण्डको र मरुला, खुट्का त्यसैको रह्यो ।

टिप्पणीहरू
User
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस गर्नुहोस्।
सम्बन्धित पोस्टहरू
सुन्ने संसार, नबुझ्ने समय
सुन्ने संसार, नबुझ्ने समय
डा. चन्द्र गिरी - सोमबार १२ जनवरी २०२६
कविता -'खस्छ'
कविता -'खस्छ'
रोशन परियार - शुक्रबार ९ जनवरी २०२६
गहनता  ‎
गहनता ‎
सचिन अधिकारी - शुक्रबार १२ डिसेम्बर २०२५
प्रिय जेन्जी र आक्रोश!
प्रिय जेन्जी र आक्रोश!
अन्जना न्यौपाने - सोमबार १० नोभेम्बर २०२५