मधु पोख्रेलको गजल

Khagendra Khushi · असार ३, २०८१ ८:५९ PM
Cover Image for News

मनका मझेरीमा आमा राख्न पाए हुन्थ्यो
विदेशका नेपालीलाई डाक्न पाए हुन्थ्यो ।

कानुनका व्याख्याता नै दलका मान्छे हुंदा रैछन्
देश बेच्ने सबैलाई जाक्न पाए हुन्थ्यो ।

तलदेखि माथिसम्म बिचौलिया राज भैगो 
गणतन्त्रले जनतालाई ढाक्न पाए हुन्थ्यो ।

अखण्ड यो नेपाल हो प्राण भन्दा प्यारो हुन्छ
पराईका दलाललाई ताक्न पाए हुन्थ्यो । 

शक्तिशाली ठन्नेहरू हराएछन ईतिहासमा
जनताको शासन सत्ता चाख्न पाए हुन्थ्यो । 

ट्यागहरू:
सहित्य
टिप्पणीहरू
User
Kishor
एक महिना अगाडि

एक राम्राे रचना लाग्यो धेरै धेरै धन्यबाद

Subash Khatri
एक महिना अगाडि

एकदमै राम्रो लाग्यो ..👏❤️

सम्बन्धित पोस्टहरू
आमा म अब लायक भएँछु सास बन्न
आमा म अब लायक भएँछु सास बन्न
प्रदीप रोदन पोष्ट - खगिन्द्रा खुसी - शनिबार १० अगष्ट २०२४
बहर
बहर
खगिन्द्रा खुसी - बिहिबार १८ जुलाई २०२४
 सरकार
सरकार
खगिन्द्रा खुसी - मङ्गलबार २ जुलाई २०२४
दिलिप घिमिरेको गजल
दिलिप घिमिरेको गजल
दिलिप घिमिरे - मङ्गलबार ११ जुन २०२४