लघुकथा - नास्तिक
छुवाछात, भेदभाव र असमान नेपाली समाजमा नारा असाध्यै बिके । नेपाल श्रम गर्नेहरुको देश थियो । श्रमिकहरुका प्रमुख दर्शनहरु क्रमश: मार्क्सवाद, लेनिनवाद तथा माअोवाद मानिन्थे । राजनीति पार्टीहरु क्रमश: कांग्रेस, एमाले, माले , माअोवादी तथा पूराना राजावादीमा केही फरक थिएन । पश्चिमा बिद्वानहरु यी सबैलाई लेफ्टिस्ट (समाजवादी) मान्थे । सबैले उत्पिडन बर्गको नाम राखेर नेपालीलाई बेकुप बनाए । अाधाअाधी मार्क्सवाद पढ्यो , समाजवाद जप्यो । धन्दा चलेकै थियो ।
समयको परिवर्तन सँगै शिवराम भौतिक पुर्वाधार मन्त्री बने । विस्वबिद्यालयको उद्घाटनमा नेपाली परम्परा अनुसार पुजाअाजा गर्नै पर्ने थियो । केही पण्डितहरुले बेदको ऋचा सुरु गरे । शिवरामले जुत्ता खोलेर पुजा अाजा अघि बढाए । भलाद्मी बनेको देखेर उनको निजी सचिवले भने, "हजुर पक्का कम्युनिष्ट मान्छे कसरी अास्तिक हुनुभयो ? "
एक प्राध्यापकलाई मन्त्रीको बिषय मन परेन । उनले सम्झाउदै भने, " महोदय, उहाँ कलंकित नास्तिक हो । जसको अाफ्नो दर्शन त छैन । अरुको बैज्ञानिक दर्शनको पनि एक हरफ अनुसरण गर्नु भएको छैन । पुजाको बिषय अास्तिक र नास्तिक हुँदैन । पूर्विय इतिहासमा बैदिक संस्कृति मान्ने र नमान्ने बिद्वानहरुमा विभेद रह्यो । मान्ने अास्तिक रहे । नमान्नेहरु क्रमश: चारवाग- गुरु बृहस्पति , जैन- गुरु महाविर तथा बौध्द - सिध्दार्थ गौतमले स प्रमाण दर्शन पेश गरे ।"