लघुकथा- प्रेम अन्धो हुन्छ
राजमान शर्माको परिवार धार्मिक थियो । धर्मको अर्थ धारण हो । जस्तो बिचार या सोच धारण गरिन्छ उस्तै बन्नु पर्छ । उनका बा अामा अाध्यात्मिक थिए । अध्यात्मा भनेको अाफु भित्र छिर्ने कला थियो । राजमान घोर भौतिकवादि बने । उनी अाफुलाई सर्बब्यापी बिद्वान मान्दथे । उनले पि एच डी सके तर बोध भएन । गुरुकुल शिक्षाले बिद्या अाचरणमा अाएपछि बल्ल अाचार्य मान्दथ्यो । प्रेम भने अामा बा ले अत्याधिक गर्दथे । उनीहरुको प्रेम unconditional थियो । conditional मा स्वार्थ हुन्छ भन्ने थाहा थियो । अत: करकाप नगरि छोराको रुचिलाई प्राथमिकता दिँदै गए ।
भर्खर पि एच डि सकेपनि छोरामा अाशक्ति देखेपछि बा अामा पीडित बने । अनुदार शिक्षा अाफैँमा पिडादायक बन्यो । छोरो भने मार्क्सवादी दर्शन जपेको जपेई । निशेधित बिचार अाफैँमा प्रतिउत्पादक बन्यो । बा अामाले दिक्क मानेर छोरालाई भने, " बाबू, तिमीले पिएच डी सकेपनपि अझै एउटा शिक्षा हासिल गर्न बाँकी छ । विस्वविद्यालयमा गएर सिकेर अाउ ।"
राजमान शर्मा पुन: विश्वविद्यालय गए । पि एच डी सम्म पढाउने गुरुहरु अन्तर्मुखि तथा बहु चिन्तक हुन्थे । राजमान शर्माले सुनाए, "अामाले भनेको एउटा शिक्षा बाँकी छ रे जान्नलाई । " एकछिन गुरु तीन छक परे । बडी ल्याङ्वेज तथा ब्यक्तित्व पढ्दा शिष्यमा अाशक्ति बाँकी रहेको ठहराए ।
गुरुले उनको अामालाई स्याहार गर्न लगाए । स्याहार सकेपछि एउटा कुरा नभनि हुन्न थ्यो । त्यो कुरा थियो, "अहिले त हजुर यति सुन्दर हुनुहुन्छ । जवानीमा झनै सौभाग्यशाली हुनुहुन्थ्यो होला । " त्यसपछि बृध्द अामाले पोखेको धारणा गुरुलाई सुनाउनु पर्ने थियो ।
उनले गुरुले भने बमोजिम गरे । हरेक दिन स्याहार सुसार गरेपछि प्रशंसा गर्न थाले । दिन बित्दै गयो । बृध्दाले उक्त यूवाको शरिरमा छुन थालिन् । महिना दिन पछि उनी टोलाउन थालिन् । ६ महिना पछि शारिरिक सम्बन्धको प्रस्ताव राखिन् । उनले डराई डराई त्यो बिषय गुरुलाई सुनाए ।
गुरु खुशी हुँदै भने, "हो बाबू, तिम्रो अामाले सिकाउन खोजेको शिक्षा त्यही हो । प्रेम अन्धो हुन्छ । हरेक मान्छेसँग सम्बन्ध बनाउँदा सिमा रेखा कोर्नुपर्छ । धेरै नजिकँदा अाशक्ति बड्दछ ।"